कालिञ्चोकमा १५ कृषकलाई प्लास्टिक टनेलसहित कृषि सामग्री वितरण

0Shares

कालिञ्चोकमा १५ कृषकलाई प्लास्टिक टनेलसहित कृषि सामग्री वितरण

थाङ्मीचागु डटकम | १० भदौ २०८३

दोलखा । नेपाल सहायता फाउन्डेसनको आर्थिक सहयोग तथा कालिञ्चोक एकीकृत सामुदायिक विकास केन्द्रको आयोजनामा सञ्चालित नेपाल हरितगृह कार्यक्रम अन्तर्गत कालिञ्चोक गाउँपालिका–१ क्यामपोलका १५ जना कृषकलाई प्लास्टिक टनेलसहित विभिन्न कृषि सामग्री वितरण गरिएको छ।

दिपजङ साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयमा आयोजित कार्यक्रममा बेमौसमी तरकारी खेतीका लागि छनोट भएका कृषकहरूलाई प्लास्टिक टनेल, हजारी, गार्डेन पाइप, तरकारीका बीउबिजन, एल्लो स्टिकी ट्र्याप र टनेल डोरी वितरण गरिएको हो।

कार्यक्रम कालिञ्चोक गाउँपालिका–१ का वडा अध्यक्ष पदमबहादुर थामीको अध्यक्षतामा तथा कालिञ्चोक एकीकृत सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक राजन क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कृषकलाई सामग्री वितरणसँगै बेमौसमी तरकारी खेती गर्ने तरिका, टनेलको प्रयोग, रोग तथा कीरा नियन्त्रण, बीउबिजन व्यवस्थापनलगायत विषयमा प्राविधिक सहयोग र आवश्यक परामर्शसमेत दिइएको थियो।

कृषि प्राविधिक अस्मिता बस्नेतले कृषकलाई बेमौसमी तरकारी खेतीका लागि आवश्यक प्राविधिक जानकारी तथा सुझाव प्रदान गरेकी थिइन्।

कार्यक्रममार्फत स्थानीय कृषकलाई आधुनिक कृषि प्रविधितर्फ आकर्षित गर्दै उत्पादन तथा आम्दानी वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

थाङ्मीचागु डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *