४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
मलेसियामा चासोक तङ्नाम साँस्कृतिक उत्सव–२०२५ भव्य रूपमा मनाइने
मलेसियामा चासोक तङ्नाम साँस्कृतिक उत्सव–२०२५ भव्य रूपमा मनाइने
क्वालालम्पुर, मलेसिया । किरात याक्थुङ चुम्लुङ मलेसियाले आगामी चासोक तङ्नाम साँस्कृतिक साँभा–२०२५ भव्य र अनुशासित शैलीमा मनाउने तयारी पूरा गरेको छ। कार्यक्रम १३ डिसेम्बर २०२५, शुक्रबार, Wilayah Persekutuan Kuala Lumpur मा साँझ ५ बजेदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ।
लिम्बू समुदायको मौलिक तथा ऐतिहासिक पर्व चासोक तङ्नाम लाई प्रवासमा पनि प्रभावशाली रूपमा संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस समारोहमा नेपालबाट माननीय निर्मला लिम्बू तथा लोकप्रिय गायिका सक्मना योद्हाङ विशेष अतिथि तथा प्रमुख आकर्षणका रूपमा सहभागी हुनेछन्।
त्यसैगरी, मलेसियामा रहेका स्थानीय कलाकार र अन्य नेपाली सांगीतिक समूहहरूको विविध सांस्कृतिक प्रस्तुति, नृत्य, लोकगीत तथा आधुनिक कार्यक्रमहरूले समारोहलाई अझै रंगीन बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा लिम्बू समुदायको भाषा, पहिचान, परम्परागत पहिरन, चाड–पर्व, नृत्य–गीत तथा सांस्कृतिक प्रतीकहरूलाई विशेष रूपले प्रदर्शन गरिनेछ। प्रवासमा बसेका लिम्बू तथा अन्य नेपाली समुदायबीच भेटघाट, एकता, सांस्कृतिक आदान–प्रदान र अन्तरसम्बन्ध सुदृढीकरण यस समारोहको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ।
किरात याक्थुङ चुम्लुङ मलेसियाले मलेसियामा रहेका सम्पूर्ण लिम्बू समुदाय, नेपाली समाज तथा इच्छुक व्यक्तिहरूलाई कार्यक्रममा उपस्थित भई सांस्कृतिक सम्पदा संरक्षण र प्रवर्धनमा साथ दिन हार्दिक आग्रह गरेको छ ।





