७१ औँ प्रहरी दिवसमा अमर प्रहरीप्रति श्रद्धाञ्जली गृहमन्त्री सुधन गुरुङद्वारा सम्बोधन
2026-10-16दोलखाको लापिलाङमा दोलखा जिल्ला पुरुष फुटबल प्रतियोगिता सुरु
2026-10-16
सिरहाको देउराली, घुर्मीका बासिन्दालाई ,खानेपानी ,शिक्षा र स्वास्थ्यको अभाव ।।।
सिरहाको देउराली, घुर्मीका बासिन्दालाई ,खानेपानी ,शिक्षा र स्वास्थ्यको अभाव ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद अविरल,मंसिर ८ ।
सिराहा जिल्लाको मिर्चैया नगरपालिका-९, देउराली-घुर्मीस्थित बस्तीमा स्थानीय बासिन्दाले खानेपानीको चरम अभाव भोग्नुपरेको छ ।
पूर्व-पश्चिम राजमार्गदेखि करिब २३ किलोमिटर उत्तरमा रहेको यो दुर्गम बस्तीमा हालसम्म स्थानीय सरकारको पहुँच पुग्न नसकेको स्थानीयहरू बताउँछन् ।
बस्तीमा शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता आधारभूत आवश्यकताको समेत चरम अभाव रहेको छ । दैनिक जीवनयापन कष्टकर भए पनि मिर्चैया नगरपालिका स्थानीयहरूको समस्याप्रति बेखबर रहेको स्थानीयको गुनासो छ ।
स्थानीय बासिन्दाका अनुसार हरेक चुनावको बेला प्रायः नेताहरू भोट माग्न बस्तीमा पुग्छन् र ठूला-ठूला आश्वासन बाँड्छन् । तर, चुनाव जितेर गएपछि भने नेताहरूको अनुहार बस्तीमा देख्न नपाएको स्थानीयहरू बताउँछन् ।
जनप्रतिनिधिहरूको बेवास्ताका कारण वर्षौंदेखि खानेपानीको जोहो गर्न समस्या भोगिरहेका यस बस्तीका बासिन्दाहरूले अब आफ्नो समस्या समाधानका लागि स्थानीय तथा प्रदेश सरकारले तत्काल ध्यान दिनुपर्ने माग गरेका छन् ।





