मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
एनआरएनए र व्यवसायी समाज मलेसियाद्वारा भव्य शुभकामना आदानप्रदान कार्यक्रम हुँदै
एनआरएनए र व्यवसायी समाज मलेसियाद्वारा भव्य शुभकामना आदानप्रदान कार्यक्रम हुँदै
थाङ्मीचागु डटकम | सेप्टेम्बर २५, २०२५
काठमाडौं । नेपाली हिन्दु धर्मावलम्बीहरूको महान पर्व बडादशैं सुरु भइसकेको छ भने तिहार र छठपर्व पनि नजिकिँदै गएको छ। नेपालमा मात्र नभई प्रवासमा रहेका नेपालीहरूले पनि यस्ता चाडपर्वमा एक–आपसमा शुभकामना आदानप्रदान गर्दै सांस्कृतिक जमघट गर्ने परम्परा बस्दै आएको छ।
यसै अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसिया समिति र नेपाली व्यवसायी समाज क्वालालम्पुर मलेसिया को संयुक्त आयोजनामा यही सेप्टेम्बर २७, २०२५ शनिबार साँझ ५:३० बजे विशेष शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ।
कार्यक्रम मलेसियाको राजधानी क्वालालम्पुरस्थित Hotel 5 Element मा आयोजना हुनेछ।
उक्त कार्यक्रममा लोकप्रिय कलाकारहरू सविता तामाङ, चार्ली घिसिङ, बिना तामाङ, काशी गुरुङ लगायतले सांस्कृतिक तथा सांगीतिक प्रस्तुति दिने तयारी गरिएको छ।
शुभकामना आदानप्रदान कार्यक्रममार्फत सामूहिक भेटघाट, नेपाली कला–संस्कृतिको झलक, आपसी सद्भाव र सहकार्यलाई प्रबर्द्धन गर्ने उद्देश्य राखिएको आयोजक संस्थाले जनाएको छ। साथै सहभागीहरूका लागि सामूहिक भोजनको विशेष व्यवस्था पनि गरिएको छ।
आयोजकका अनुसार, यस कार्यक्रमले प्रवासमा रहेका सम्पूर्ण नेपालीबीच संस्कृति संरक्षण, आपसी एकता र उत्सवमूलक वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।
त्यसैले मलेसियामा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा सहभागी भई यसलाई सभ्य, भव्य र ऐतिहासिक बनाउन हार्दिक अनुरोध गरिएको छ।
थाङ्मीचागु डटकम तर्फबाट पनि सम्पूर्णमा बडादशैं, तिहार र छठ पर्वको हार्दिक शुभकामना




