मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
मलेसियामा रोल्पाली सेवा समाजको दसैं विशेष र जोहोर समितिको वार्षिकोत्सव भव्य तयारी
मलेसियामा रोल्पाली सेवा समाजको दसैं विशेष र जोहोर समितिको वार्षिकोत्सव भव्य तयारी
जोहोरबारु, मलेसिया ।
रोल्पाली सेवा समाज मलेसियाद्वारा आयोजित दसैं विशेष कार्यक्रम तथा जोहोर क्षेत्रीय समितिको प्रथम वार्षिकोत्सव को सम्पूर्ण तयारी सम्पन्न भएको छ।
आगामी सेप्टेम्बर २८, २०८२ (फुलपाती अघिल्लो दिन) मा जोहोरबारुस्थित JO Hotel मा भव्य कार्यक्रम आयोजना हुने भएको आयोजक समितिले जानकारी दिएको छ।
समाजका अध्यक्ष तिपेन्द्र बुढा मगर का अनुसार कार्यक्रमलाई सफल बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ। उहाँले रोल्पाली मात्र नभई सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा गर्नुभएको छ।
कार्यक्रमका प्रमुख आकर्षण :
- दसैं विशेष सांस्कृतिक प्रस्तुति – नेपाली परम्परागत नृत्य, गीत तथा आधुनिक प्रस्तुति
- जोहोर क्षेत्रीय समितिको प्रथम वार्षिकोत्सव औपचारिक समारोह
- समाजप्रति योगदान गर्ने व्यक्तिहरुलाई विशेष सम्मान
- रोल्पा जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी
- मौलिक बाजासहितको सांस्कृतिक प्रस्तुति
- गीत, संगीत, नृत्य लगायत विभिन्न विधामा कलाकारहरुको प्रस्तुति
- मनोरञ्जनात्मक गतिविधि र भेटघाट
यस अवसरमा अध्यक्ष बुढा मगरले भने –
“प्रवासमै भए पनि यो कार्यक्रमले सम्पूर्ण नेपालीबीच एकता, आत्मीयता र सद्भावलाई अझ मजबुत पार्नेछ। साथै, हाम्रो मौलिक धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्ने मुख्य उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो।”
थाङ्मीचागु डटकम




