शिक्षा विधेयक संशोधनको पहलमा राष्ट्रपतीसम्म पुगे पाण्डव हमालको टोली ।।।

0Shares

शिक्षा विधेयक संशोधनको पहलमा राष्ट्रपतीसम्म पुगे पाण्डव हमालको टोली ।।।

विनोद अविरल, भदौ १६, सिराहा ।
सिरहा जिल्लाको शैक्षिक वृत्तमा मात्र सीमित नरही समग्र राष्ट्रको शिक्षाक्षेत्रमा दशकौं लामो यात्रा तय गरेका बौद्धिक व्यक्तित्व पाण्डव हमालको सक्रियतामा विद्यालय शिक्षा ऐन विधेयक सम्बन्धी विशेष औपचारिक भेटघाट सम्माननीय राष्ट्रपती रामचन्द्र पौडेलसँग सम्पन्न भएको छ ।

उक्त भेटमा राष्ट्रपती पौडेलले प्रस्तुत मागहरू प्रति गम्भीर चासो व्यक्त गरेका छन् ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)का केन्द्रीय प्रतिनिधिहरूले शिक्षा विधेयकमा आवश्यक संशोधनको मागसहित लिखित धारणा राष्ट्रपती समक्ष प्रस्तुत गरेका थिए ।

नेसनल प्याब्सनका प्रमुख सुझाव र मागहरू:

🔹 छात्रवृत्ति सम्बन्धी प्रावधान व्यवहारिक नभएको – पूर्ण छात्रवृत्तिको व्यवस्था शुल्क वृद्धिको कारक बनि श्रमजीवी तथा मध्यम वर्गीय अभिभावकमाथि आर्थिक बोझ पर्ने सम्भावना औंल्याउँदै पुनर्विचारको माग ।
🔹 पूर्व–प्राथमिक तहको अवधि – हालको दुई वर्षको सीमा अन्तर्राष्ट्रिय मान्यताविपरीत भएकोले तीन वर्ष कायम गर्नुपर्ने प्रस्ताव ।
🔹 सामाजिक सुरक्षा कोषमा ऐच्छिक सहभागिता – सबै विद्यालयलाई अनिवार्य रूपमा सामेल गराउने प्रस्तावलाई व्यवहारिक नभएको भन्दै वैकल्पिक व्यवस्था हुनुपर्ने माग ।
🔹 कम्पनीमा दर्ता भएका विद्यालयलाई निरन्तरता दिने व्यवस्था – तहगत अनुमति प्रणाली मिलाउने, शिक्षक तलब–भत्तामा हाल कायम ६०/४० प्रणाली यथावत् राख्ने ।
🔹 कृत्रिम बुद्धिमत्ता (AI) जस्ता नवप्रविधिको समावेश – विद्यालय तहबाटै AI जस्ता विषय समावेश गरेर नेपाललाई शैक्षिक हब बनाउने दिगो दृष्टिकोण प्रस्तुत ।

शिक्षा विधेयकका अप्ठ्यारा प्रावधान र सामाजिक सुरक्षा कोषसम्बन्धी विषयमा नेसनल प्याब्सन प्रतिनिधिहरूले शिक्षामन्त्री र श्रममन्त्रीसँग पनि औपचारिक भेटघाट गरी लिखित सुझावहरू प्रस्तुत गरेका थिए ।

दुवै मन्त्रीले सकारात्मक प्रतिवद्धता जनाएका छन् भन्ने जानकारी राष्ट्रपतीलाई पनि गराइएको थियो ।

नेसनल प्याब्सनले विद्यालयलाई शान्ति क्षेत्रको रूपमा घोषणा गर्नुपर्ने, आफुहरू विद्यालय बन्द र हड्तालको विपक्षमा रहेको स्पष्ट गर्दै लामो समयपछि आउन लागेको विद्यालय शिक्षा ऐन विद्यार्थी, अभिभावक, लगानीकर्ता र सम्पूर्ण शिक्षा क्षेत्रका लागि ऐतिहासिक कोसेढुङ्गा बन्ने अपेक्षा व्यक्त गरेका छन् ।

उक्त विशेष भेटमा नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष गीता क्षेत्री राणा, निवर्तमान अध्यक्ष पाण्डव हमाल, निवर्तमान महासचिव पारसमणि दाहाल, उपाध्यक्ष तिलक चौहान, उप महासचिव कृष्ण पौडेल, र काठमाडौं जिल्ला सदस्य विजय न्यौपानेको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *