एनआरएनए मलेसियामा इन्द्र नारायण लिम्बुको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन

0Shares

एनआरएनए मलेसियामा इन्द्र नारायण लिम्बुको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन

क्वालालम्पुर, १५ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको २०२५–०२७ कार्यकालका लागि इन्द्र नारायण लिम्बु अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त विष्णु प्रसाद पौडेलले सबै पदमा एकल उम्मेदवारी परेकाले सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरू निर्विरोध निर्वाचित भएको जानकारी दिए।

अध्यक्षमा इन्द्र नारायण लिम्बु निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा दिल कुमार केरुङ निर्विरोध बनेका छन्। उपाध्यक्षमा श्रद्धा देवान, बालधोज लिम्बु, टिकाराम अधिकारी, बिष्णु चौधरी, बिनोद कुमार यादव र बिमल कुमार राना निर्वाचित भएका छन्।

महिला उपाध्यक्षमा शान्ति थापा निर्वाचित भएकी छन्। युवा संयोजकमा मातृका खतिवडा र महिला संयोजकमा इन्दु बस्नेत निर्विरोध बनेका छन्। महासचिवमा प्रमोद शर्मा निर्वाचित भएका छन् भने सचिवमा रामकृष्ण कार्की र सबिन कुमार लोप्चन निर्विरोध निर्वाचित भए। सह–सचिवमा विकेन्द्र लिम्बु मादेन, कोषाध्यक्षमा सन्तोष केसी र सह–कोषाध्यक्षमा राम खड्का निर्वाचित भएका छन्।

कार्यसमिति सदस्यहरूमा बिशाल नेगी, राम बहादुर गुरुङ, अर्जुनबहादुर कार्की, सुमन कार्की, जयराम तिमील्सिना, भेख बहादुर घिमिरे, इश्वरकुमार आले मगर, प्रकाश गिरि, सायम्पा घले, प्रमोद कुमार महत्तो, जय प्रकास साह, डिल्ली न्यौपाने, सेर बहादुर गुरुङ, सन्जिप लिम्बु, दिपक थापा, राजेन्द्र लिङ्देन, रामबहादुर चन्द, राजेन्द्र घिमिरे, सन्तोष अधिकारी, शिब शंकर साह, मणी कुमार थापा, सुरज श्रेष्ठ, जितेन्द्रकुमार साह, शिव थापा, राजु श्रेष्ठ, पासाङ लामा, भोजकुमारी सुबेदी र कृष्णबहादुर खत्री चयन भएका छन्।

निर्वाचन समितिले सम्पूर्ण निर्विरोध निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *