बाढीपछि अवरुद्ध देवीघाटमा सेनाले बनायो पुल पर्सिदेखि सवारी चल्ने
2026-09-10ग्यास उद्योगमाथि उद्योगमन्त्री यादवको कडा प्रहार ५८ वटा उद्योग आवश्यक छैन
2026-09-10
Thursday, September 10, 2026
अख्तियारद्वारा भ्रष्टाचार मुद्धा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा अधिकारी, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
आइतबार आयोगले तत्कालीन जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराई, केशव प्रसाद दाहाल र ज्ञानमणि नेपाल, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो ।
उनीहरू उपर गैर कानुनी लाभ वा हानी पुर्याउने बदनियतले कार्य गरेको एवं सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप आयोगले लगाएको छ ।





