क्वालालम्पुरमा एनआरएनए मलेसियाको नवौं महाधिवेशन : पूर्व अर्थमन्त्री महत र अध्यक्ष श्रेष्ठ प्रमुख अतिथि

0Shares


क्वालालम्पुरमा एनआरएनए मलेसियाको नवौं महाधिवेशन : पूर्व अर्थमन्त्री महत र अध्यक्ष श्रेष्ठ प्रमुख अतिथि

क्वालालम्पुर (मलेसिया), अगस्ट ३० – गैरआवासीय नेपाली संघ (NRNA) मलेसियाको नवौं महाधिवेशन तथा तीज विशेष कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपाल सरकारका पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश श्रेष्ठ मलेसिया आइपुग्नुभएको छ।

आगामी अगस्ट ३१, २०२५ मा क्वालालम्पुरमा हुने महाधिवेशनलाई भव्य र सफल बनाउन तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ। कार्यक्रममा गैरआवासीय नेपालीहरूको हकहित, प्रवासी मजदुरका चुनौती तथा नेपालको आर्थिक–सामाजिक विकासमा प्रवासी समुदायको योगदानबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।

यसै अवसरमा तीज विशेष सांस्कृतिक कार्यक्रमसमेत आयोजना हुने भएको छ, जसमा मलेसियामा रहेका नेपाली कलाकारहरूको प्रस्तुति तथा परम्परागत भाकामा झुम्ने माहोल रहनेछ। साथै, प्रवासी समाजमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम पनि तय गरिएको आयोजकले जानकारी दिएको छ।

महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नुका साथै नेपाल–मलेसिया सम्बन्धलाई अझ सुदृढ बनाउन, प्रवासी नेपालीबीच एकता र आपसी सहकार्य विस्तार गर्न तथा नेपाली सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रबर्द्धन गर्ने महत्त्वपूर्ण अवसरको रूपमा काम गर्ने आयोजकहरूको विश्वास छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *