बाढीपछि अवरुद्ध देवीघाटमा सेनाले बनायो पुल पर्सिदेखि सवारी चल्ने
2026-09-10ग्यास उद्योगमाथि उद्योगमन्त्री यादवको कडा प्रहार ५८ वटा उद्योग आवश्यक छैन
2026-09-10
कुर्दिस्तानमा दशैं–तिहार धमाका : गायिका प्रीती आलेको विशेष प्रस्तुति
कुर्दिस्तानमा दशैं–तिहार धमाका : गायिका प्रीती आलेको विशेष प्रस्तुति

थाङ्मीचागु डटकम
रिपोर्टर : सरिता बल तामाङ, इराक–कुर्दिस्तान
भाद्र १४, २०८२

इराक, कुर्दिस्तान – प्रवासी नेपाली एकता समाज कुर्दिस्तान–इराकले आफ्नो १५औँ प्रस्तुती स्वरूप यस वर्ष पनि भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। आगामी विजया दशमी तथा शुभ दिपावली–२०८२ को पावन अवसरमा आयोजना गरिने उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोकप्रिय गायिका प्रीती आले सहित कुर्दिस्तानका स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।

“दशैं–तिहार धमाका–२०२५” नामक यो विशेष कार्यक्रममा शुभकामना आदान–प्रदानसँगै विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिने तयारी भएको छ। कार्यक्रममा कुर्दिस्तानमा स्थापित विभिन्न संघ–संस्था, पदाधिकारी, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, कलाकार तथा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।

आयोजक संस्थाले सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई कार्यक्रममा सहभागी भई नेपाली समुदायबीच एकता, आपसी सद्भाव र सांस्कृतिक सम्बर्द्धनलाई थप सशक्त बनाउन आह्वान गरेको छ।

📅 मिति : १७ अक्टोबर २०२५
📍 स्थान : नवोरोज हल, अर्बिल
🕰️ समय : बिहान ११:०० बजे देखि बेलुका ७:०० बजे सम्म
आयोजक : प्रवासी नेपाली एकता समाज, कुर्दिस्ता





