मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
एनआरएनए मलेसियाको उपाध्यक्षमा समाजसेवी बालध्वज लिम्बुको उम्मेदवारी
एनआरएनए मलेसियाको उपाध्यक्षमा समाजसेवी बालध्वज लिम्बुको उम्मेदवारी
थाङ्मीचागु डटकम सम्बादाता
२०८२ भाद्र १३, शुक्रबार, क्वालालम्पुर
गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको २०२५–२०२७ कार्यकालका लागि आगामी अगस्ट ३१ मा हुने नवौं अधिवेशनमा समाजसेवी बालध्वज लिम्बुले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
करीब दुई दशक लामो मलेसिया बसाइमा लिम्बु श्रमजीवी नेपाली समुदायका समस्या समाधानमा निरन्तर सक्रिय रहँदै आएका छन्। उनले संकटमा परेका नेपाली श्रमिकको उद्धार, उपचार तथा सामाजिक सहयोगमार्फत उल्लेखनीय योगदान गर्दै आएका छन्।
गत कार्यकालमा कोषाध्यक्षको जिम्मेवारी सम्हालेका लिम्बु यसपटक उपाध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिएका हुन्। संस्थाभित्र समावेशी नेतृत्व, व्यावहारिक काम र सहकार्यलाई प्राथमिकता दिने उनको कार्यशैलीका कारण उनलाई नेपाली समुदायबीच “कम बोल्ने, बढी काम गर्ने सालिन र भद्र उम्मेदवार”का रूपमा चिनिने गरिएको छ।
लिम्बुले आफ्नो उम्मेदवारी घोषणापछि भने, “एनआरएनए मलेसियालाई सबै नेपालीको साझा संस्था बनाउँदै श्रमिकको अधिकार, सेवा र हितमा निरन्तर काम गर्ने मेरो संकल्प हो।”
यसअघि विष्णु चौधरी, विनोद यादव र दिल केरुङ लिम्बुले समेत उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। आगामी अधिवेशनले एनआरएनए मलेसियाको नेतृत्व चयन गर्नेछ।





