मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
क्वालालम्पुरमा नेपालमा लगानी अवसरबारे विशेष अन्तरक्रिया सम्पन्न
क्वालालम्पुरमा नेपालमा लगानी अवसरबारे विशेष अन्तरक्रिया सम्पन्न
क्वालालम्पुर, भाद्र १३ । नेपाली राजदूतावास, क्वालालम्पुरको आयोजनामा शुक्रबार नेपालमा लगानी तथा उद्यमशीलताको अवसरबारे विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मलेसिया–नेपाल बिजनेस काउन्सिलका प्रतिनिधिहरू, नेपाल सरकारका प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, दूतावासका पदाधिकारी तथा विभिन्न क्षेत्रका व्यवसायीहरूको उपस्थिति रहेको थियो।
अन्तरक्रियामा नेपालमा वैदेशिक लगानीका सम्भाव्यता, लगानीमैत्री नीतिगत संरचना, पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधि तथा उत्पादन क्षेत्रका अवसर बारे विस्तृत छलफल गरिएको दूतावासले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. खतिवडाले नेपाल सरकारले विदेशी लगानी प्रोत्साहनका लागि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै पर्यटन, जलविद्युत्, उत्पादन तथा सेवा क्षेत्रमा लगानीका अपार सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले भौगोलिक हिसाबले नेपाल विशाल बजार नजिकको अवसरयुक्त मुलुक भएकाले लगानीकर्ताका लागि लाभदायी गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
यस अवसरमा मलेसिया–नेपाल बिजनेस काउन्सिलका प्रतिनिधिहरूले नेपालमा लगानी गर्न चासो देखाउँदै दुवै मुलुकबीच व्यापार र लगानी प्रवर्द्धनका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
उल्लेखनीय छ, डा. खतिवडा यसअघि Boao Forum for Asia–Pacific Regional Cooperation Roundtable मा सहभागी हुन क्वालालम्पुर आएका हुन्।
समाचार : थाङ्मीचागु डटकम





