बाढीपछि अवरुद्ध देवीघाटमा सेनाले बनायो पुल पर्सिदेखि सवारी चल्ने
2026-09-10ग्यास उद्योगमाथि उद्योगमन्त्री यादवको कडा प्रहार ५८ वटा उद्योग आवश्यक छैन
2026-09-10
Thursday, September 10, 2026
एनआरएनए मलेसियाको उपाध्यक्षमा बिनोद यादवको उम्मेदवारी
एनआरएनए मलेसियाको उपाध्यक्षमा बिनोद यादवको उम्मेदवारी
तिलोचन गौतम, क्वालालम्पुर (अगस्ट २९, २०२५) –
गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको २०२५–२०२७ कार्यकालका लागि हुने नवौं अधिवेशनमा बारा, कलैयाका बिनोद यादवले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
मलेसियामा व्यवसाय गर्दै आएका यादव युवा व्यवसायी तथा समाजसेवीको रूपमा परिचित छन्। सामाजिक संस्थामा प्रत्यक्ष संलग्न भई काम गर्ने इच्छा र व्यक्तिगत चाहनाका आधारमा उनले यसपटक उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्।
मलेसियामा लामो समयदेखि सामाजिक कार्यमा प्रत्यक्ष–अप्रत्यक्ष योगदान गर्दै आएका यादवलाई सक्षम, सम्भावनायुक्त र भविष्यमा ठोस नेतृत्व दिन सक्ने दावेदार उम्मेदवारका रूपमा नेपाली समुदायले हेरिरहेको छ।





