मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
थाङ्मी भाषी समुदायका लागि कक्षा १–८ सम्मको पाठ्यक्रम र निर्देशिका निर्माण सम्पन्न
शिका निर्माण सम्पन्न, कालिन्चोक गाउँपालिकामा कक्षा १–३ सम्मका पाठ्यपुस्तक तयार
२०२५ जुलाई २९, काठमाडौं
दोलखा,विश्वभरि बसोबास गर्दै आउनुभएका थाङ्मी भाषी समुदायका लागि पहिलोपटक औपचारिकरूपमा कक्षा १ देखि ८ सम्मको थाङ्मी भाषाको पाठ्यक्रम तथा भाषा निर्देशिका निर्माण सम्पन्न भएको छ।
थाङ्मी जातिको मौलिक भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको यो कार्यले थाङ्मी भाषी विद्यार्थीहरूका लागि शिक्षामा मातृभाषाको पहुँचलाई बलियो बनाउने विश्वास लिइएको छ।
त्यस्तै, दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकाका विद्यालयहरूका लागि कक्षा १ देखि ३ सम्मको थाङ्मी भाषामा आधारित पाठ्यपुस्तकहरू पनि निर्माण भइसकेको छ। प्रारम्भिक तहबाटै मातृभाषामा सिकाइ सुरु गर्न सकिने यो पहल थाङ्मी समुदायको लागि ऐतिहासिक उपलब्धि मानिएको छ।
विदेशमा रहेका थाङ्मी भाषीहरूका लागि समेत यो पाठ्यक्रम र निर्देशिका उपयोगी हुने अपेक्षा गरिएको छ, जसले आफ्ना सन्तानहरूलाई मातृभाषा सिकाउन सहज बनाउनेछ।
भाषा विज्ञ, थाङ्मी भाषा शिक्षकहरू, र विभिन्न संस्थाहरूको सहकार्यमा सम्पन्न यो परियोजना थाङ्मी समुदायको सांस्कृतिक सशक्तीकरणतर्फको महत्वपूर्ण पाइला हो।





