थाङ्मीचागुमा स्वास्थ्य सेवा ठप्प: स्वास्थ्य चौकी भवनमा ताल्चा, स्थानीय सरकार बेरुजु निकाल्न मै व्यस्त

0Shares

थाङ्मीचागुमा स्वास्थ्य सेवा ठप्प: स्वास्थ्य चौकी भवनमा ताल्चा, स्थानीय सरकार बेरुजु निकाल्न मै व्यस्त

बिगु गाउँपालिका–८, थाङ्मीचागु (दोलखा)
थाङ्मीचागु डटकम संवाददाता

नेपाल सरकारले दशकौंदेखि “सबैका लागि आधारभूत स्वास्थ्य सेवा” भन्ने नाराको उद्घोष गर्दै आएको छ। तर यो नारा थाङ्मीचागुका नागरिकको लागि खोक्रो साबित भएको छ। दोलखाको दुर्गम वस्ती थाङ्मीचागुमा बनाइएको स्वास्थ्य भवन आज सेवा होइन, सुनसानता र उपेक्षाको प्रतीक बनेको छ।

बिगु गाउँपालिका–८, थामीचागु वस्ती मा निर्माण गरिएको ‘स्वास्थ्य चौकी भवन’ साउन ४ गतेदेखि उक्त संस्थामा कार्यरत स्वास्थ्य कर्मीहरुलाई करार सेवाबाट स्थानीय सरकारले बर्खास्त गरिएयता पूर्णरूपमा सम्पूर्ण सेवा बन्द छ। भवनमा अहिले कुनै पनि स्वास्थ्यकर्मी छैनन्, औषधि पनि छैन। भवनमा ताला लागेकोछ।

स्थानीयवासीहरू भन्छन्, “हामीले स्वास्थ्य चौकीको भवन त देख्यौं, तर सेवा कहिल्यै पाएका छैनौं। बिरामी परे टाढाको केन्द्रमा डोकोमा बोकेर लैजानुपर्छ। केही भए भगवान भरोसामा बाँच्छौं।”

गाउँमा प्रसूति सेवा बन्द हुँदा गर्भवती महिलाहरूलाई घण्टौँ डोकोमा बोकेर लैजानुपरेको छ। बाटो अबरुद्ध वा रातको समयमा बिरामी परे बच्ने उपाय नै नहुने स्थानीयको भनाइ छ।

सामान्य ज्वरो, झाडापखाला, वा रुघाखोकी जस्ता मौसमी रोगहरुमा सामान्य औषधिहरु समेत लिन सिँगटी बजारसम्म धाउनु पर्ने बाध्यता सिर्जना भएको छ। गाउँपालिकाले हरेक वर्ष स्वास्थ्य भवन निर्माण, उपकरण खरिद, औषधि आपूर्ति र जनशक्ति व्यवस्थापनमा लाखौँ खर्च देखाउँदै आएको छ। तर जनताले प्रतक्षरुपामा‌ स्वास्थ्य सेवाहरू प्राप्त गर्न सकिरहेका छैनन्।

गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विभिन्न क्षेत्रमा आफू खुसी लाखौं रकम खर्च गर्ने गरेका तर पनि जनताको प्रत्यक्ष स्वास्थ्य सेवामा भने एउटा कर्मचारीलाई दिने तलबमा समेत कटौती गरिरहेका छन्।

थाङ्मीचागु वडाध्यक्षलाई जुनसुकै ठाउँमा बिना अर्थमा हस्ताक्षर गर्नमा व्यस्त देखिन्छ भने गाउँपालिका स्वास्थ्य शाखा प्रमूखलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाई बोक्न नसक्ने भारी बोकाएको कारण पनि जनताको आधारभूत स्वास्थ्य सेवामा प्रभाव परेको देखिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *