चौथो महाधिवेशनमार्फत मलेसियामा आदिवासी आवाज बुलन्द हुँदै

0Shares

चौथो महाधिवेशनको तयारी पूरा – मलेसियामा आदिवासी जनजातिहरूको भव्य जमघट !

क्वालालम्पुर, मलेसिया – जुलाई २८, २०२५ |
विश्व आदिवासी दिवस (International Day of the World’s Indigenous People) को अवसरमा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाद्वारा आयोजित चौथो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।

हाम्रो संस्कृति, हाम्रो पहिचान – प्रवासमै संरक्षण र सशक्तिकरण” भन्ने मूल नाराका साथ आयोजना हुने यो महाधिवेशनमा मलेसियामा क्रियाशील विभिन्न आदिवासी जनजातीय संघ–संस्थाहरूको ऐक्यबद्ध सहभागिता रहनेछ।

कार्यक्रम विवरण:
▪️ मिति: ३ अगष्ट २०२५
▪️ समय: दिउँसो १ बजे
▪️ स्थान: WISMA ANN KOAI, नेपाल एम्बेसी छेउ, क्वालालम्पुर

सबैमा हार्दिक निमन्त्रणा!

नेपाल आदिवासी जनजाति महासंघ मलेसिया र यसमा आबद्ध सम्पूर्ण संस्थाहरू तर्फबाट मलेसियामा बसोबास गर्ने सम्पूर्ण आदिवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो ऐतिहासिक जमघटमा सहभागी भई कार्यक्रमलाई सफल बनाउनका लागि हार्दिक अनुरोध गरिन्छ।

कार्यक्रममा आदिवासी संस्कृति झल्काउने परम्परागत पहिरन, नृत्य, कला प्रदर्शन र सामुदायिक विमर्श प्रमुख आकर्षण रहने छन्।

संघीय एकताको सन्देशसहित, यो कार्यक्रम सबै जातजातिको साझा उत्सव बन्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *