मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
शिक्षकहरुको आन्दोलन थप शसक्त हुने, सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई काठमाडौ उतारिने

काठमाडौँ । नेपाल शिक्षक महासंघले काठमाडौँ केन्द्रित सडक आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । आन्दोलनका क्रममा आज दिउँसो प्रहरीले आक्रमण गरेपछि बसेको महासंघको आकस्मिक बैठकले प्रहरीले गरेको दमनको घोर भर्त्सना गर्दै आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो ।
यस्तै महासंघले शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमा ‘पानीको फोहोरापछि शिक्षकहरू साइड लागिसकेका थिए। तर, त्यसपछि प्रहरीले सडक पेटीमा उभिएका शिक्षकहरूमाथि अन्धाधुन्ध लाठी प्रहार गर्नु घोर आपत्ति जनक रहेको जनाएको छ ।
यस्तै, महासंघको बैठकले आन्दोलनलाई थप सशक्त बनाउनका लागि शिक्षक तथा कर्मचारीलाई काठमाडौं बोलाउने निर्णयसमेत गरेको छ । महासंघले विद्यालय खोल्न निर्देशन दिइरहेका पालिकाहरूलाई विद्यालयको साचो बुझाएर काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आह्वान समेत गरेको छ । विद्यालय खोल्न दबाब दिने पालिकालाई विद्यालयको तालाचापी बुझाएर काठमाडौं आउन प्रधानाध्यापकहरूलाई अनुरोध गरिएको अधिकारीले बताए । त्यस्तै शिक्षक महासंघले पेश गरेको बुँदे माग मन्त्रिपरिषदबाट तत्काल पारित गराउन ताकेता गर्ने समेत निर्णय गरेको छ ।
यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चैत २० गतेदेखि आन्दोलन गर्दै आएका छन्। आन्दोलनको २६ ओै दिनमा आज प्रहरी र शिक्षकहरूबीच झडप भएको थियो । झपडका क्रममा ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाईते भएका छन् ।




