मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
झडपमा ६० भन्दा बढी शिक्षक घाइते , १२ जनाको स्थिति गम्भीर ,आन्दोलन थप शसक्त गर्ने महासङ्घको घोषणा

काठमाडौं । विगत चैत्र २० गतेदेखि आन्दोलनरत शिक्षकहरुका मागबारे सहमतिको प्रयास भइरहेका बेला हिजो शिक्षक र प्रहरीबीच झडप भएको थयो । नयाँ बानेश्वर क्षेत्रमा भएको झडपमा ६० जनाभन्दा बढी शिक्षक घाइते भएको नेपाल शिक्षक महासंघले दाबी गरेको छ । छलफल र सम्वादका माध्यमबाट माग सम्वोधनमा गम्भीर हुनुको साटो सरकारले आन्दोलनमा घुसपैठ गराएर प्रहरीले हस्तक्षेप बढाएको भन्दै आन्दोलन थप सशक्त बनाउने निर्णय नेपाल शिक्षक महासंघले गरेको छ ।हिजो आन्दोलन चलिरहेका बेला प्रहरी र शिक्षकबीच झडप भएको हो । प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । प्रहरीले पानीका फोहोरासहित धरपकड र लाठी प्रहार गरेपछि दर्जनौं शिक्षक घाइते भएका हुन् । प्रहरीले पानीको फोहरा हान्दा प्राइम टेलिभिजनको रिपोर्टिङमा खटिएकी पत्रकार सविना कार्कीको आखाँमा गम्भीर चोट लागेको छ । पत्रकार कार्कीको हाल तिलगङगा आँखा अस्पतालमा उपचार भइरहेको छ । साथै
घाइते शिक्षकहरुको सिभिल अस्पताल, एभरेष्ट अस्पताल तथा ट्रमा सेन्टरमा उपचार भइरहेको महासंघले जनाएको छ ।
यसैबीच, नेपाल शिक्षक महासंघको हिजो साँझ बसेको आकस्मिक बैठकले आन्दोलनमा घुसपैठ हुँदा झडपको अवस्था आएको निष्कर्ष निकालेको छ । चार साता पुग्दासमेत सरकारले आफ्ना माग सम्बोधनमा बेवास्ता गरेको भन्दै आन्दोलन थप सशक्त बनाउने निर्णय भएको महासंघले विज्ञप्ती मार।फत जनाएको छ ।
चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरुले आज २६औं दिन पनि काठमाडौंकेन्द्रित प्रदर्शन जारी राखेका हुन् । शिक्षक महासंघका प्रतिनिधिसँग गत शनिबार भएको वार्तामा पेशागत मागका बारेमा सकारात्मक भएको र सहमति भएका विषय मन्त्रिपरिषद्बाट पारित गर्ने प्रतिबद्धता शिक्षामन्त्रीले जनाउनुभएको थियो।
तर, शिक्षकहरुले भने मन्त्रिपरिषद्को निर्णय नआउन्जेल आफूहरु आश्वस्त नभएको उल्लेख गर्दै आन्दोलन जारी राख्ने जनाएका छन् । शिक्षकहरुको आन्दोनलका कारण कक्षा १२ को परीक्षा, भर्ना अभियान र विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ ।
यसैबीच, नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सामाजिक सञ्जालमार्फत शिक्षकहरुमाथि बल प्रयोग गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । शिक्षकहरुमाथि बल प्रयोग गर्नु सरकारको कुशासनको उदाहरण भएको उहाँको टिप्पणी छ । यस्तै, पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पनि सामाजिक सञ्जाल मार्फत सरकार र दलहरुले मागप्रति उपेक्षा गरेको भन्दै दलको सदस्यता त्याग्न शिक्षकहरुलाई सुझाव दिनुभएको छ ।







