मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
मलेशियाका लागि नवनियुक्त राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई जोहोरमा भव्य स्वागत तथा सम्मान, प्रवासी नेपाली समुदायसँग संवाद
मलेशियाका लागि नवनियुक्त राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई जोहोरमा भव्य स्वागत तथा सम्मान, प्रवासी नेपाली समुदायसँग संवाद
थाङ्मीचागु डट कम, जोहोर
मिति: फागुन १४, २०८१ (फेब्रुअरी २६, २०२५)
मलेशियाका लागि नवनियुक्त राजदूत डा. नेत्रप्रसाद तिम्सिना जोहोरमा आयोजित एक विशेष कार्यक्रममा सहभागी हुनुका साथै प्रवासी नेपाली समुदायसँग संवाद गर्नुभएको छ। NRNA क्षेत्रीय समिति जोहोर को समन्वयमा तथा नेपाली दूतावास, मलेशिया को आयोजनामा सम्पन्न दुई दिने कन्सुलर सेवापछि जोहोरस्थित नेपाली संघ–संस्थाहरूले महामहिम तिम्सिनालाई भव्य स्वागत तथा सम्मान गरेका छन्।
कार्यक्रममा महामहिम तिम्सिनाले मलेशियामा रहेका नेपाली कामदार तथा प्रवासी नेपाली समुदायको विषयमा आफ्ना धारणा राख्दै आगामी दिनमा नेपाली श्रमिकहरूको हकहित संरक्षण तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने बताउनुभयो। उहाँले मलेशियाका प्रवासी नेपालीहरूका समस्याहरू समाधान गर्न दूतावास सधैं तत्पर रहने उल्लेख गर्दै जोहोर क्षेत्रका संघसंस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
सहभागीहरूको उत्साहजनक उपस्थिति
विशेष सम्मान तथा स्वागत कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा NRNA मलेशियाका युवा उपाध्यक्ष नारायण अधिकारी, NRNA मलेशियाका सदस्य मिम बहादुर गुरुङ, प्रवासी नेपाली मञ्चका केन्द्रीय सदस्य चित्र थापा, ONF क्षेत्रीय राज्य कमिटीका उपाध्यक्ष कृष्ण गुरुङ, उपाध्यक्ष प्रेम श्रेष्ठ, सहसचिव अभिषा सारु, सल्लाहकार विनोद भण्डारी, सदस्य दामोदर ओली, हेल्प मधेस संघका उपाध्यक्ष सुरेन्द्र महतो, रोल्पाली सेवा समाज मलेशियाका अध्यक्ष टिपेन्द्र मगर लगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय उपस्थिति थियो।
NRNA क्षेत्रीय समिति जोहोर र प्रवासी नेपाली मञ्च राज्य कमिटी जोहोर ले संयोजन गरेको यस कार्यक्रममा उपस्थित सहभागीहरूले महामहिम तिम्सिनासँग मलेशियामा कार्यरत नेपाली श्रमिकहरूको अवस्था, श्रम सम्झौता, वैदेशिक रोजगारीमा भोग्नुपरेका समस्या तथा सरकारी सहुलियत कार्यक्रमहरूबारे छलफल गरेका थिए।
थाङ्मीचागु डट कम





