मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
मलेशियाका लागि नवनियुक्त राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई जोहोरमा भव्य स्वागत तथा सम्मान
संयुक्त स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न
थाङ्मीचागु डट कम मिडिया | मलेशिया
मिति: २०८१ फागुन १४, सोमवार
मलेशियाका लागि नवनियुक्त नेपाली राजदूत महामहिम डा. नेत्रप्रसाद तिम्सिनाको उपस्थितिमा नेपाली दूतावास मलेशियाले आयोजना गरेको दुई दिने कन्सुलर सेवा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा NRNA क्षेत्रीय समिति जोहोर को समन्वयमा प्रवासी नेपाली मञ्च राज्य कमिटी जोहोरले विशेष स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रमको प्रमुख विशेषता
कार्यक्रममा महामहिम राजदूत तिम्सिनाले मलेशियामा रहेका नेपालीहरूको समसामयिक विषयमा आफ्नो भनाइ राख्दै प्रवासी नेपालीहरूको समस्या समाधान गर्न सक्दो पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, उहाँले जोहोर राज्यमा हुने भविष्यका गतिविधिहरूमा सम्पूर्ण संघ-संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो।
थाङ्मीचागु डट कमलाई प्रवासी नेपाली मञ्चका महासचिव कृष्ण खड्का ले जानकारी गराउनु भएको छ।
विशेष अतिथिहरूको उपस्थिति
उक्त कार्यक्रममा NRNA मलेशियाका युवा उपाध्यक्ष नारायण अधिकारी, NRNA मलेशियाका सदस्य मिम बहादुर गुरुङ, प्रवासी नेपाली मञ्चका केन्द्रीय सदस्य चित्र थापा, ONF क्षेत्रीय राज्य कमिटीका उपाध्यक्ष कृष्ण गुरुङ, उपाध्यक्ष प्रेम श्रेष्ठ, सहसचिव अविका सारु, सल्लाहकार विनोद भण्डारी, सदस्य दामोदर ओलि, साथै हेल्प मधेस संघका उपाध्यक्ष सुरेन्द्र महत्त्वो, रोल्पाली सेवा समाज मलेशियाका अध्यक्ष टोपेन्द्र मगर लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।




