जनतासँग माओवादी: तराई-मधेस जागरण अभियान अन्तर्गत प्रचण्डसंग जनताको भेटघाट ।।।

0Shares

जनतासँग माओवादी: तराई-मधेस जागरण अभियान अन्तर्गत प्रचण्डसंग जनताको भेटघाट ।।।

थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल,फाल्गुन १७ ,सिराहा । नेकपा (माओवादी केन्द्र) ले तराई-मधेसका जनताको बीचमा पुगेर आफ्नो संगठन विस्तार तथा जनजागरण गर्ने उद्देश्यसहित “जनतासँग माओवादी: तराई-मधेस जागरण अभियान” सञ्चालन गरिरहेको छ । यो अभियान पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा फागुन महिनादेखि शुरू गरिएको हो ।

अभियान अन्तर्गत माओवादीका केन्द्रीय नेताहरू, प्रदेशस्तरीय नेता तथा स्थानीय कार्यकर्ताहरू तराई-मधेसका गाउँ-गाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरिरहेका छन् । उनीहरू माओवादी आन्दोलनको उपलब्धि, वर्तमान सरकारको नीति तथा कार्यक्रम, संविधान कार्यान्वयनका चुनौती र तराई-मधेसको विकासका सम्भावनाबारे जनतालाई जानकारी गराउँदै छन् ।

पार्टीले यो अभियानलाई आगामी निर्वाचनका लागि संगठन सुदृढीकरणको रूपमा हेरेको छ । माओवादी नेतृत्वको सरकारको पालामा भएका विकास निर्माणका योजनाहरूको प्रचार-प्रसार गर्नु, संघीयता, समावेशिता र समाजवाद उन्मुख अर्थतन्त्रबारे नागरिकलाई जानकारी गराउनु मुख्य उद्देश्य रहेको बताइएको छ ।

साथै, मधेसमा रहेका पुराना कार्यकर्ताहरूलाई पुनः सक्रिय पार्ने, असन्तुष्ट कार्यकर्तालाई फिर्ता गराउने र नयाँ युवालाई पार्टीमा आबद्ध गराउने योजनासहित अभियानलाई अघि बढाइएको माओवादी नेताहरू बताउँछन् ।

अभियानले तराई-मधेसका विभिन्न जिल्लामा सकारात्मक प्रभाव पारिरहेको छ । विभिन्न जिल्लाहरुमा आयोजना हुँदै आएको कार्यक्रममा ठूलो संख्यामा स्थानीय जनता सहभागी भएका छन् ।

धेरै ठाउँमा स्थानीय जनताले माओवादी नेताहरूसँग आफ्ना समस्या राखेका छन् । भूमि समस्या, रोजगारी, सिँचाइ, शिक्षा र स्वास्थ्य जस्ता विषयमा स्थानीयको चासो रहेको पाईन्छ । माओवादी नेताहरूले यी समस्याहरू समाधान गर्न सरकारलाई दबाब दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“जनतासँग माओवादी: तराई-मधेस जागरण अभियान”ले माओवादी केन्द्रलाई पुनः एकपटक संगठनात्मक रूपमा सशक्त बनाउने अवसर प्रदान गरेको छ । जनतासँग प्रत्यक्ष सम्पर्क गर्दै पार्टीका नीति-कार्यक्रम बुझाउने र तिनलाई व्यवहारमा उतार्ने दिशामा यो अभियान सफल हुने अपेक्षा गरिएको छ ।

तराई-मधेसका जनतासँग सघन संवाद गर्दै माओवादीले आगामी दिनमा आफ्नो राजनीतिक प्रभाव विस्तार गर्न सक्ने देखिन्छ । अबको प्रश्न भनेको, यो अभियानले मधेसका जनताको मन जित्न कति सफल हुन्छ भन्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *