माल्टामा सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

0Shares

माल्टामा सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

थाङ्मीचागु डटकम सम्बादाता २४ माघ बिहीवार २०८१

माल्टा,मन्जुश्री सम्वत २८६१ सोनाम ल्होछार (डुल/सा पुख्री ल्हो) को पावन अवसरमा तामाङ समाज माल्टाले आयोजना गरेको विशेष सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम फेब्रुअरी २, २०२५ (आइतबार) का दिन माल्टाको ओपेरा थिएटर, जिरामा भव्य रूपमा सम्पन्न भयो।

कार्यक्रमको अध्यक्षता सुनिल दोङ तामाङज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथि गैरआवासी नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय परिषद्, माल्टाका अध्यक्ष रेमलाल खनालज्यू रहनुभएको थियो। विशेष अतिथिका रूपमा नेपाली माल्टाको पर्यटन दूध माल्टा पर्यटनीयका अध्यक्ष प्रकाश भण्डारीज्यूको उपस्थिति रहेको थियो।

यसका साथै विभिन्न जातीय सङ्घसंस्थाका प्रतिनिधिहरू, एनआरएनएका सदस्यहरू, स्थानीय कलाकार, मिडियाकर्मी तथा नेपाली समुदायका थुप्रै सम्मानित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा परम्परागत तामाङ नृत्य, गीत-संगीत, र विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। यो कार्यक्रममा सहभागीहरूले नेपाली कला, संस्कृति, र परम्पराको झल्को अनुभव गर्दै माल्टामा नेपाली पहिचानलाई उजागर गर्न महत्वपूर्ण योगदान गरे।

कार्यक्रमका अध्यक्ष सुनिल दोङ तामाङज्यूले नेपाली कला, संस्कृति र परम्पराको जगेर्नाका लागि यस्ता कार्यक्रमहरूको निरन्तरताको आवश्यकता औंल्याउँदै सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिनुभयो। प्रमुख अतिथि रेमलाल खनालज्यूले नेपाली समुदायको एकता र सहयोगको प्रशंसा गर्दै नेपाली संस्कृतिलाई विश्वभर चिनाउन यस्ता कार्यक्रमहरूको महत्त्वलाई जोड दिनुभयो।

तामाङ समाज माल्टाले आगामी दिनहरूमा पनि यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *