नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
जन्मदिनको अवसरमा जेलमा अलपत्र परेका नागरिकलाई हवाई टिकट सहयोग
जन्मदिनको अवसरमा जेलमा अलपत्र परेका नागरिकलाई हवाई टिकट सहयोग
थाङ्मीचागु डटकम सम्बादाता २४ माघ बिहिवार २०८१
मलेसियाको बुकित जलिल घरफिर्ती केन्द्रमा अवैधानिक बसोबास गर्दा जेलको जञ्जालमा परेका नागरिकलाई उद्धार गर्ने क्रममै व्यवसायी इन्द्र बान्तवा राई र नेपाली आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष विपिन राईले आफ्नो जन्मदिनको अवसरमा महत्वपूर्ण सहयोग पुर्याएका छन्।
सन् २०११ मा मलेसियामा आएका किरण राईले अवैधानिक रूपमा बस्दै गर्दा जेलको समस्या भोगेका थिए। उनलाई ९ फेब्रुअरी २०२४ मा पक्राउ गरी सजाय भुक्तान गरेपछि बुकित जलिल घरफिर्ती केन्द्रमा सारिएको थियो। यसपछि पनि किरणले परिवारसँग सम्पर्क टुटेको कारण अतिरिक्त ८ महिना कैदी जीवन बिताउनुपर्यो।
तर नेपाली राजदूतावासको पहल र सहयोगी कदमले, ५ फेब्रुअरी, बुधबार किरण राई स्वदेश फर्किए। यस उद्धार कार्यमा इन्द्र बान्तवा राईले आफ्नो जन्मदिनको उपलक्ष्यमा आरएम ९०० र विपिन राईले आरएम ५०० आर्थिक सहयोग उपलब्ध गराएका थिए।
किरण राईका अनुसार, जेलमा अलपत्र परेका अन्य साथीहरूलाई पनि यस्ता सहयोगका अवसर आउने आशा रहेको छ। उनले टेलिफोनमार्फत बताए, “हामी सबै आशामा बसेका थियौं कि दूतावास आउँछ। ढिलोगरेर भएपनि अन्ततः दूतावासले मेरो उद्धार गर्यो।”
यो सहयोगी कदमले मलेसियामा रहेका नेपाली नागरिकबीच पुन्य र सहयोगको भावना बढाएको उल्लेखनीय छ।





