किरात राई यायोक्खा शाखा मलेसियाको पहिलो बैठक सम्पन्न, सह-कोषाध्यक्ष र सल्लाहकारको नियुक्ति

0Shares

किरात राई यायोक्खा शाखा मलेसियाको पहिलो बैठक सम्पन्न, सह-कोषाध्यक्ष र सल्लाहकारको नियुक्ति

२० पुष सनिवार २०८१

थाङ्मीचागु डटकम सम्बादाता

[सन्तोष ठान्टी थाङ्मी]

मलेशिया,किरात राई यायोक्खा शाखा मलेसियाले दोस्रो अधिवेशन २०२४ सम्पन्न गरेपछि पहिलो पटक भर्चुअल माध्यम (Zoom Meeting) मार्फत समिक्षा बैठक आयोजना गरेको छ। अध्यक्ष डम्बर राईको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै संस्थाको संरचना र भविष्यका कार्यदिशाबारे छलफल गरेको छ।

बैठकले दिवश चाम्लिङ राईलाई सह-कोषाध्यक्षमा नियुक्त गरेको छ भने वरिष्ठ सल्लाहकारका रूपमा विपिन राईलाई चयन गरेको छ। त्यसैगरी, युवराज साम्पाङ राई (इपो पेराग), बल बहादुर राई (जोहोबारु), र सिवराम साम्पाङ राई (इपो पेराग) लाई सल्लाहकारका रूपमा सर्वसम्मत नियुक्त गरिएको छ।

महत्वपूर्ण निर्णयहरू

बैठकमा संस्थाको व्यवस्थापन र आगामी योजनालाई ध्यानमा राख्दै केही महत्वपूर्ण निर्णयहरू गरिएका छन्:

  1. परिचयपत्र वितरण: सबै पदाधिकारी सदस्यहरूलाई किरात राई यायोक्खाको आधिकारिक परिचयपत्र प्रदान गरिने।
  2. सदस्यता नवीकरण: सदस्यता कार्ड नवीकरणलाई अनिवार्य बनाउँदै वार्षिक सदस्यता शुल्क १०० रिङ्गेट निर्धारण।
  3. संस्थाको प्रचारप्रसार: संस्थाको लोगो समावेश गरी ६० थान भेस्ट छपाइ गर्ने।
  4. सांस्कृतिक संरक्षण अभियान: साल्पा सिलिचुङ संरक्षण अभियानका लागि आर्थिक सहयोग संकलन।
  5. मासिक बैठकको समय निर्धारण: प्रत्येक महिनाको दोस्रो शनिबार राति ९ बजे नियमित रूपमा बैठक सञ्चालन गर्ने।

गत कार्यक्रमको समिक्षा

बैठकमा गत डिसेम्बर १५ मा सम्पन्न उधौली सांस्कृतिक कार्यक्रम र दोस्रो अधिवेशनको समिक्षा गर्दै आगामी कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। सचिव यज्ञ कुमार राईले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गर्दै भविष्यमा सम्भावित त्रुटिहरूलाई सुधार्ने बताएका छन्।

नयाँ कार्यसमिति

दोस्रो अधिवेशनबाट चयन भएको कार्यसमितिमा निम्न पदाधिकारीहरू छन्:
अध्यक्ष: डम्बर राई
उपाध्यक्षहरू: केवल कुलुङ राई, भिम कुमार राई
सचिव: यज्ञ कुमार राई
सह-सचिव: सन्तोष राई
कोषाध्यक्ष: शान्ति चाम्लिङ राई
सह-कोषाध्यक्ष: दिवश चाम्लिङ राई
सदस्यहरू: प्रकाश कुलुङ राई, गजेन्द्र राई, अर्जुन वाम्बुले राई, भबिराज राई, बालचन्द्र एवाई राई, रमेश राई, मन्शिला राई, समिता सुनुवार, प्रबिन राई, राजु राई।

भविष्यको कार्यदिशा

यस बैठकले किरात राई यायोक्खा शाखा मलेसियाको भविष्यको कार्यदिशा तय गर्दै संस्थागत विकास र सांस्कृतिक पहिचानको संरक्षणलाई प्राथमिकता दिएको छ। सदस्यता नवीकरण, आर्थिक व्यवस्थापन, र सांस्कृतिक अभियानका कार्यक्रमहरूले संगठनलाई थप मजबुत बनाउन मद्दत गर्ने विश्वास लिइएको छ।

किरात राई यायोक्खा मलेसिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *