नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
प्रवासी नेपाली मञ्च मलेसियाको नवौं बैठक सम्पन्न
प्रवासी नेपाली मञ्च मलेसियाको नवौं बैठक सम्पन्न
१५ पुष सोमबार २०८१
[सन्तोष ठान्टी थाङ्मी]

मलेसिया: प्रवासी नेपाली मञ्च मलेसिया राष्ट्रिय कमिटीको नियमित बैठक राजधानी क्लालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा सम्पन्न भएको छ। बैठक मञ्चका अध्यक्ष दयाराम कुमालको अध्यक्षतामा आयोजना गरिएको थियो।

कार्यक्रममा मञ्चका सल्लाहकार परिषदका अध्यक्ष तथा पूर्वी एसिया महादेशीय कमिटी सदस्य शेर बहादुर गुरुङ प्रमुख अतिथि हुनुहुन्थ्यो। त्यसैगरी, नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य तथा जिफन्ट माइग्रेसन मलेसियाका समन्वयक उदास श्रेष्ठ विशेष अतिथि रहनुभएको थियो।

बैठकको क्रममा मञ्चका अध्यक्ष कुमालले राष्ट्रिय तथा राज्य कमिटीका पदाधिकारी तथा सदस्यहरूको पुनर्गठन गरेर संगठनलाई थप सक्रिय बनाउने निर्देशन दिनुभयो। यसै क्रममा, विशेष अतिथि श्रेष्ठले प्रवासी नेपाली मञ्च मलेसिया र जिफन्ट माइग्रेसन मलेसियाले सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

बैठकको सञ्चालन मञ्चका सचिव कृष्ण खड्काले गर्नुभएको थियो। सचिव खड्काले थाङ्मीचागु डट कमलाई जानकारी दिँदै बैठकको सफलताको श्रेय सबै पदाधिकारी र सदस्यहरूको सक्रिय सहभागितालाई दिनुभयो। साथै, उहाँले संगठनलाई अझ व्यापक बनाउन सदस्यता विस्तार तथा गतिविधिहरूलाई प्रभावकारी बनाउने योजना रहेको जानकारी दिनुभयो।

त्यसैगरी, भर्चुअल माध्यमबाट नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रवासी नेपाली मञ्च पूर्वी एसिया र ओसियाना महादेशका इन्चार्ज डा. सूर्य पाठकले बैठकको सफलताको शुभकामना दिनुभएको थियो।

यस बैठकले मञ्चको आगामी गतिविधिहरूलाई थप प्रभावकारी बनाउँदै प्रवासी नेपाली समुदायको हितमा सक्रिय रहने प्रतिवद्धता जनाएको छ।





