नेपालबाट चीन जाने क्रममा देवराज सुनुवार सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि परिवारको अपिल ।।।
2026-08-27८ जिल्लामा बाढीले बगाएका ३५९ शव भेटिए, मृतकको संख्या ३५९ पुग्यो ।।।
2026-08-27
दोलखा कालिञ्चोक–१ मा सिविन नेपाल र ओसेलिप परियोजनाद्वारा ७८ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
दोलखा कालिञ्चोक–१ मा सिविन नेपाल र ओसेलिप परियोजनाद्वारा ७८ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
थाङ्मीचागु डटकम सम्बादाता
१४ पुष आइतबार २०८१
[सन्तोष ठान्टी थाङ्मी ]
दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका–१ मा सिविन नेपाल र ओसेलिप परियोजनाको सहकार्यमा ७८ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। यो कार्यक्रम शिक्षामा पहुँच अभिवृद्धि र विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।
शैक्षिक सामग्री वितरण गरिएका विद्यालयहरू र विद्यार्थी संख्या:
बालोदय माध्यमिक विद्यालय: ३० जना
दिव्यस्वरी माध्यमिक विद्यालय: ३० जना
सुर्योदय आवासीय विद्यालय: २३ जना
सेतीदेवी प्राथमिक विद्यालय: ४ जना
विद्यार्थीहरूलाई झोला, कपी, डटपेन, पेन्सिल, जियोमेट्री बक्स लगायतका सामग्री वितरण गरिएको हो।
कार्यक्रममा सामाजिक परिचालक यम कुमारी श्रेष्ठ र कालिञ्चोक गाउँपालिका–१ का वडा अध्यक्ष पदम आक्याङमीको उपस्थितिमा सामग्री वितरण गरिएको थियो। अध्यक्ष आक्याङमीले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
सामग्री प्राप्त गरेपछि विद्यार्थीहरू र अभिभावकहरूले खुशी व्यक्त गर्दै सिविन नेपाल र ओसेलिप परियोजनालाई धन्यवाद ज्ञापन गरेका छन्। यो सहयोगले ग्रामीण क्षेत्रमा शिक्षामा सुधार ल्याउन र विद्यार्थीहरूलाई थप उत्साहित बनाउन सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।





