नेपालको दुःखमा श्रीलंकाको साथ १० लाख अमेरिकी डलर मानवीय सहायता घोषणा
2026-08-29नुवाकोटका बाढीपीडितलाई बराहक्षेत्रबाट राहत, वडाध्यक्ष गुरुङसहित समाजसेवीको सराहनीय पहल
2026-08-29
दोलखाको उत्तरी क्षेत्र सिंगटीमा प्रभु बैंकको एटीएम सेवा सुरु
दोलखाको उत्तरी क्षेत्र सिंगटीमा प्रभु बैंकको एटीएम सेवा सुरु भएपछि स्थानीय बासिन्दा र व्यवसायीहरूलाई नगद झिक्न थप सहज भएको छ।
थाङमिचागु डटकम संवाददाता

कालिञ्चोक गाउँपालिका–३ का अध्यक्ष दलबहादुर तमाङले एटीएम उद्घाटन गर्दै सर्वसाधारणलाई घन्टौं बैंकमा लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य गर्न यो सेवा ल्याइएको बताए।
प्रभु बैंकले आगामी दिनमा स्थानीय क्षेत्रको आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यसहितका कार्यक्रम अगाडि बढाउने योजना रहेको र बैंकको प्रगतिको लागि शुभकामना पनि दिएका तमाङले जानकारी गराए। सिंगटी शाखाका प्रबन्धक दिपेन्द्र खड्काका अनुसार, एटीएम सेवाले बैंक शाखामा भिडभाड घटाउँदै ग्राहकहरूको समय बचतमा योगदान पुर्याउनेछ।
समाजसेवी तथा व्यवसायी बोधराज श्रेष्ठले सिंगटी शाखाको एटीएम मार्फत सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी र संघ-संस्थाहरूले सरल र सहज रूपमा नगद झिक्न पाउने बताए। उद्घाटन कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवी र सर्वसाधारणको उपस्थिति रहेको थियो।





