देउराली नजिकै भएको कार दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु

0Shares

देउराली नजिकै भएको कार दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु

थाङमिचागु डटकम संवाददाता

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ११, ढुंगे देउराली नजिकै भएको कार दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। उक्त दुर्घटना भारतीय नम्बर प्लेट (एचआर५५एयु ८७९३) भएको कारको हो, जुन मालारानीबाट सन्धिखर्कतर्फ जाँदै थियो।

जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लका अनुसार दुर्घटना भएको स्थान भिरालो र अफ्ट्यारो बाटो भएकोले उद्धार कार्यमा कठिनाइ भोग्नुपरेको छ। स्थानीय प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेका छन् र दुर्घटनाबारे थप विवरण संकलन भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *