नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
छठ पर्वको बजारमा चहलपहल, सामग्री किनमेलमा भीड ।।।
छठ पर्वको बजारमा चहलपहल, सामग्री किनमेलमा भीड ।।।
विनोद मण्डल,कार्तिक १९ । नेपालमा हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व छठको रौनकले अहिले बजारलाई झकिझकाउ बनाएको छ । छठ पर्वको तयारीका लागि बजार भरिभराउ देखिन्छ र किनमेल गर्नेहरूको घुइँचोले स्थानीय बजारहरुमा उल्लासमय माहोल छाएको छ । विशेष गरी काठमाडौं, जनकपुर, विराटनगर लगायतका स्थानहरूमा छठका लागि आवश्यक सामग्री किन्न भक्तजनहरूको भीड देख्न सकिन्छ ।
छठ पर्वका मुख्य सामग्रीहरूमा विशेष रूपले बासबाट बनेको ढाकी, सुपा, कोनिया र धामा रहेका छन् । त्यसैगरी, माटोको हाथी, घोडा, ढकना, दिप, पकवान, ठकुवा, पुरी र भुसुवाको पनि यस पर्वमा विशेष महत्त्व छ । फलमा नरिवल, केरा, स्याउ, नासपाती र सुन्तला अर्पण गर्ने परम्परा रहिआएको छ । यसका अतिरिक्त उखु, अदुवा, बेसार, र पाँच थान कपडालाई पनि अनिवार्य सामग्रीका रूपमा मानिन्छ ।
छठ पर्वलाई प्रकृति र मानवको सम्बन्ध प्रकट गर्ने पर्वका रूपमा लिइन्छ । यस पर्वमा मुख्य रूपमा सूर्य र छठी माईको पूजा गरिन्छ, जसमा जलाशयको किनारमा सूर्यलाई अर्घ दिने परम्परा रहेको छ । छठ पर्व चार दिनसम्म मनाइने र यस अन्तर्गत नहाय-खाय, खरना, सन्ध्या अर्घ, र उषा अर्घ गरी चार दिनको अनुष्ठान पूरा गरिन्छ ।
बजारका व्यापारीहरूले पनि छठ पर्वको अवसरमा विभिन्न प्रकारका सामग्रीहरू सहजै उपलब्ध गराउने व्यवस्था मिलाएका छन् । विशेष रूपमा यस वर्ष पनि छठ सामग्रीको माग अत्यधिक रहेकोले बजारमा विभिन्न परम्परागत तथा नयाँ प्रकारका सामग्रिहरू सजिलै पाइने देखिन्छ ।
छठ पर्वको तयारी र पूजा सामग्री किनमेलले धार्मिक तथा सांस्कृतिक पर्वहरूलाई अझ जीवन्त बनाएको छ ।





