नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
कमला नदीको पक्की पुल भत्किएपछि सिरहा र धनुषा जिल्लाका स्थानीयलाई यातायातमा समस्या
कमला नदीको पक्की पुल भत्किएपछि सिरहा र धनुषा जिल्लाका स्थानीयलाई यातायातमा समस्या भइरहेको थियो, जसलाई मध्यनजर गर्दै सिरहा नगरपालिकाले अस्थायी रूपमा काठको पुल निर्माण गरेको छ। यस अस्थायी पुलले स्थानीयलाई नदी पार गर्न मद्दत पुर्याइरहेको छ
थाङमिचागु डटकम संवाददाता

साइकल यात्रीहरूलाई निशुल्क यात्रा गर्न मिल्ने भए पनि, मोटरसाइकल चालकहरूबाट २० रुपैयाँ शुल्क लिइन्छ, जसले नगरपालिकालाई राजस्व संकलनमा सहयोग पुर्याएको छ।
वडाध्यक्ष इन्द्रजीत यादवका अनुसार, पुल मर्मत तथा सम्भारका लागि दुवैतर्फ नगरपालिकाका कर्मचारीहरू खटाइएका छन्, र संकलित रकम पुलको मर्मतमा खर्च गरिनेछ। यसअघि व्यक्तिगतरूपमा अस्थायी पुल बनाइएर रकम लिइँदै आएकोमा अहिले नगरपालिकाले यसको औपचारिक व्यवस्थापन गरेको छ।
सप्तरी–सिरहा खण्डको सडक कालोपत्र भइकन पनि, कमला नदीमा स्थायी पक्की पुलको अभावले यातायात अवरुद्ध भएको छ। २०७८ साल असार १७ गते आएको बाढीले पुरानो पक्की पुललाई भत्काएपछि, अझैसम्म पुनःनिर्माण हुन नसकेकोले अस्थायी पुलको माध्यमबाट यातायात व्यवस्थापन गरिएको हो। स्थायी पुलको पुनर्निर्माणमा ढिलाइ हुँदा, यो अस्थायी पुलले केही राहत प्रदान गरेको छ।





