विगु गाउँपालिका वडा नं ८ मा देश निर्माण युवा समाज नेपालद्वारा बृहत् कार्यक्रम सम्पन्न ।।।

0Shares

विगु गाउँपालिका वडा नं ८ मा देश निर्माण युवा समाज नेपालद्वारा बृहत् कार्यक्रम सम्पन्न ।।।

असाेज ७, २०८१, दाेलखा
थाङ्मीचागु डटकम सम्बादाता

दोलखा बिगु गाउँपालिका वडा ८ देश निर्माण युवा समाज नेपाल नामक सामाजिक संस्थाकाे आयाेजनामा श्री हिमालय माध्यमिक विद्यालय, खाेपाचागुमा एक बृहत् कार्यक्रम सम्पन्न भयाे। विगु गाउँपालिकाकाे उपाध्यक्ष देविका थामीकाे प्रमुख आतिथ्य र संस्थाका संस्थापक अध्यक्ष, विगु गाउँपालिका वडा नं ८ स्थायी निवासी खेम बहादुर बुढाथाेकी (शिशिर) काे सभापतित्वमा सम्पन्न कार्यक्रममा बाल कक्षादेखि कक्षा १० सम्म अध्ययनरत २३० जना भन्दा बढी विद्यार्थीहरूलाई करिब एक हजार बराबरकाे स्कुल ब्याग, स्टेस्नरी, खेलकुद सामग्री वितरण गरिएकाे थियाे।

खाेपाचागु स्वास्थ्य चाैकीकाे समन्वयमा विशिषज्ञ चिकित्सकहरूबाट निशुल्क स्वास्थ्य परीक्षण गरिएकाे थियाे। साथै, शिशिर बुढाथाेकीद्वारा रचित गजल सङ्ग्रह “ममताकाे तरङ्ग” पनि विमाेचन र सन्देशमूलक बाल चलचित्र “ऐना झ्यालकाे पुतली” पनि प्रदर्शन गरिएकाे थियाे।

खाेपाचागुमा जन्म भई काठमाडाैँमा कर्मथलाे बनाउनु भएका श्री टेक बहादुर बुढाथाेकीका छाेरा, युवा समाजसेवी तथा नेपाल गजल साहित्य विधाका गजलकार खेम बहादुर बुढाथाेकी (शिशिर) ले देश निर्माण युवा समाज नेपाल नामक सामाजिक संस्था स्थापना गरी विगत केही वर्षयता देशका विभिन्न भागमा गई शैक्षिक क्षेत्रमा सेवा गर्दै आइरहेकाे कुरा बताउनु भयाे। आफू जन्मेकाे ठाउँ, हुर्कि बढी खेलेकाे ठाउँ, ज्ञान आर्जन गरेकाे विद्यालयमा आई संस्थाकाे तर्फबाट थाेरै भए पनि सहयाेग गर्न पाएकाेमा खुसी व्यक्त गर्दै आफ्ना जीवन भाेगाई र जन्मभूमि अनि जन्म दिने ममतामयी स्वर्गीया आमाकाे सम्झनामा सिर्जना गरिएका “ममताकाे तरङ्ग” गजल सङ्ग्रह यस पवित्र भूमिमा विमाेचन गर्न पाउँदा धेरै भाग्यमानी र आनन्द अनुभूत भएकाे कुरा व्यक्त गर्नु भयाे।

विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरूलाई पनि आफ्नाे गाउँ, ठाउँ र जन्मभूमिलाई भुल्न नहुने र समाजमा आ-आफ्नाे क्षमता अनुसार उदाहरणीय बन्नुपर्दछ भन्ने हाैसला र उत्प्रेरणा समेत मन्तव्यकाे क्रममा व्यक्त गर्नुभयाे। “आज मैले जन्माएकाे याे साहित्यिक सिर्जना सुविधा सम्पन्न सहरकाे कुनामा विमाेचन गरिएकाे भए साहित्यिक पत्रकार, क्यामेराकाे माझमा क्षणिक लाेकप्रियता पाउँथेँ हाेला, तर मेराे याे जन्मभूमि अनि प्रकृतिका सुन्दर वातावरणले मलाई हेरेर स्याबासी दिईरहेका छन्। यी हिमाल, पाखापखेरा, झरणाका सुन्दर प्राकृतिक क्यामेराले कैद गरिरहेका छन्। मेराे मातृभूमि हाँसेकाे छ, मेराे मन रमाएकाे छ। ममताका तरङ्गहरू तरङ्गित भएका छन्। म हर्षले गदगद भएकाे छु,” भनी आफ्नाे जन्मभूमिप्रति अघाध स्नेह र माया समेत प्रकट गर्नु भयाे।

कार्यक्रममा विशिषज्ञ चिकित्सकहरूकाे टाेलीले विद्यालयमा अध्ययनरत विशेष अवस्थाका विद्यार्थीहरूलाई मनाेपरामर्शसहित अभिभावकहरूलाई निशुल्क स्वास्थ्य परीक्षण समेत गरिएकाे कुरा विद्यालयका प्रधानाध्यापक राजकुमार प्रधानले जानकारी दिनुभयाे। बालबालिकासँग सम्बन्धित ज्ञान बर्धक बाल चलिचित्र “ऐना झ्यालकाे पुतली” समेत प्रदर्शन गरिएकाे थियाे। मन्तव्यकाे क्रममा प्रमुख अतिथि गाउँपालिकाकी उपाध्यक्ष देविका थामीले शिक्षित युवाबाट मात्रै देशकाे विकास सम्भव हुने भएकाले गाउँपालिकाकाे कार्यालयबाट शैक्षिक सुधारकाे निम्ति विद्यालय र समुदायकाे हितमा विभिन्न कार्यक्रमहरू सुरु गरिएकाे बताउनु भयाे। विगु गाउँपालिका वडा न-८ का वडाध्यक्ष हिरा थामी (धनविर) ले आफ्नाे वडाकाे विद्यालयकाे शैक्षिक गुणस्तर बढाउन आफूले यस वर्ष वडा भरिका सम्पूर्ण बालबालिकाहरूलाई वडाकाे बालबालिका लक्षित याेजना र हिमाल हाईड्राे पावर कम्पनीसँग थप रकम माग गरि ट्र्याकसुट वितरण गरिएकाे, विद्यालयकाे शैक्षिक विकासकाे निम्ति निस्वार्थ रूपमा सधैं लागि परेकाे र अबकाे बाँकी समय शिक्षामा विशेष ध्यान केन्द्रित गरिने कुरा सहित प्रतिवद्धता समेत व्यक्त गर्नु भयाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *