इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Monday, October 12, 2026
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस
थाङ्मीचागु डटकम सम्बादाता २५ भदौ २०८१
काठमाडौँ। मङ्गलबार, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेका छन्। संवैधानिक व्यवस्था अनुसार, प्रधानमन्त्रीले परिषद्को अध्यक्षको हैसियतले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबिच यो प्रतिवेदन प्रस्तुत गरेका हुन्।
सो समारोहमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई, सुरक्षा निकायका प्रमुखलगायत परिषद्का सदस्यहरूको उपस्थिति रहेको थियो।





