इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Monday, October 12, 2026
देशभर ८० जनामा हैजा पुष्टि, ललितपुरमा सबैभन्दा बढी सङ्क्रमण
देशभर ८० जनामा हैजा पुष्टि, ललितपुरमा सबैभन्दा बढी सङ्क्रमण
थाङ्मीचागु डटकम सम्बादाता
काठमाडौँ, २५ भदौ २०८१ – देशभर ८० जनामा हैजा सङ्क्रमण देखिएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार, ललितपुरका ५४ जना, काठमाडौँका १२ जना, कैलालीका ८ जना, प्युठानका २ जना, रोल्पाका ४ जना तथा सिन्धुपाल्चोक र मकवानपुरका एक-एक जनामा हैजा पुष्टि भएको छ।
ईडीसीडीका तथ्याङ्कअनुसार, ८० सङ्क्रमितमध्ये १ जना अस्पताल भर्ना भएका छन् भने ७९ जना पूर्ण रूपमा निको भएका छन्। यो तथ्याङ्क असारको पहिलो सातायताको हो। महाशाखाले रोगको थप फैलावट रोक्न स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ।





