Asian Nepali Restaurantका सञ्चालक सोनाम शेर्पाद्वारा रसुवा बाढीपहिरो पीडितलाई रु. ३० हजार सहयोग ।।।
2026-08-30भोटेकोशीमा बहाव बढे पनि ठूलो जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा
2026-08-30
Monday, August 31, 2026
इजरायल केयरगिभरका लागि आवेदन दिएका १०० जनाको प्रमाणपत्रमा अनियमितता भेटियो
इजरायल केयरगिभरका लागि आवेदन दिएका १०० जनाको प्रमाणपत्रमा अनियमितता भेटियो
थाङ्मीचागु डटकम सम्बादाता
काठमाडौं, भदौ २५, २०८१ — इजरायलमा केयरगिभरको रूपमा जानका लागि आवेदन दिएका करिब १०० जनाको प्रमाणपत्रमा अनियमितता भेटिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन दिएका चार हजार २४ जनामध्ये करिब १०० जनाको प्रमाणपत्रमा कैफियत पाइएको जनाएको छ।
मन्त्रालयले मेघनाथ रिमालको संयोजकत्वमा गठित छानबिन समितिले उच्च शिक्षाको प्रमाणपत्र नदेखिएको, तालिम संस्था सुचीकृत नभएको, र नक्कली प्रमाणपत्र पेश गरेको तथ्य पत्ता लगाएको छ।
इजरायलले केयरगिभरका लागि दुई हजारको माग गरेको थियो, जसमा दुई हजार २०२ जना लक्की ड्रबाट छनोट भए। हाल छानबिन प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिइने मन्त्रालयले जनाएको छ।




