मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
विद्यालय दिवा खाजामा स्थानीय उत्पादन समावेश गर्न सुझाव माग
विद्यालय दिवा खाजामा स्थानीय उत्पादन समावेश गर्न सुझाव माग
थाङ्मीचागु डटकम सम्बादाता
काठमाडौँ, २५ भदौ २०८१ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहमा दिइने दिवा खाजामा स्थानीय रैथाने उत्पादनलाई समावेश गर्न सुझाव माग गरेको छ। मन्त्रालयले पोषणयुक्त दिवा खाजा उपलब्ध गराउन स्थानीय उत्पादनमा आधारित प्रारूपको मस्यौदा तयार पारेर यसबारे आवश्यक सुझावका लागि आह्वान गरेको हो।
मन्त्रालयले दिवा खाजासँग जोडेर स्थानीय खाद्य उत्पादन बढाउने, पोषणको मापदण्ड कसरी सुनिश्चित गर्ने, खाद्य सुरक्षा र स्वच्छता कसरी कायम राख्न सकिन्छ भन्ने विषयमा व्यापक सुझाव माग गरेको छ। प्रारम्भिक बाल विकास तथा विद्यालय पोषण शाखाका शाखा अधिकृत सुशीला अर्यालले जारी गरेको सूचनामा प्रारूपमा उल्लेख भएका अन्य विषयमा समेत सुझाव दिन सकिने जानकारी दिइएको छ।
यो नीति स्थानीय कृषकलाई प्रवर्द्धन गर्ने र विद्यार्थीहरूलाई स्वस्थकर र पोषणयुक्त खाना उपलब्ध गराउने उद्देश्यले अघि सारिएको हो।





