यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
नेपाली महिला समाज कुर्दिस्थानले तीज विशेष कार्यक्रम गर्ने भएको छ ।
नेपाली महिला समाज कुर्दिस्थानले तीज विशेष कार्यक्रम गर्ने भएको छ ।
थाङ्मीचागु डटकम संवाददाता
३२ साउन २०८१
प्रवास इराक नेपाली महिला समाज कुर्दिस्तानले नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा २०८१ सालको तीज विशेष तथा भेटघाट कार्यक्रम गर्ने भएको छ।

कुर्दिस्थान स्थित ओस्कार हल नजिक सर्विनर मेल्ला हल सुनेमालीमा सांस्कृतिक कार्यक्रमसहित दर खाने कार्यक्रम गर्न लागेको हो।
गत वर्ष झैं यसवर्ष पनि नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नेपालबाट प्रवास इराक स्थित कुर्दिस्तान सुलेमाली कर्म थलोमा गै बसोबास गर्ने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुबीच प्रवासमा आत्मियता साटासाट गर्दै मनोरञ्जन गराउन तीज तथा जितीया पर्व कार्यक्रम आयोजना गरिएको नेपाली महिला समाज कुर्दीस्थानको संस्थापक संरक्षक सरिता बल तामाङले जानकारी दिनुभयो।

महिला समाजका संरक्षक तामाङले भन्नुभयो, ‘नेपाली हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीज कार्यक्रम सर्विनर मेल्ला हल सुनेमालीमा 06-09-2024,मा भव्य रूपमा मनाउनु गइरहेको गइरहेका छौं। सो तीज कार्यक्रममा सम्पूर्ण दिदीबहिनी तथा महानुभावहरुलाई रमाइलोसँग नाचगान सँगै केही लक्की ड्र खेलको पनि व्यवस्था गरिएको छ। उक्त लक्की ड्र खेल खेल्नका लागि टिकट काट्नुपर्ने हुन्छ। यदि तपाईँ लकी ड्र खेल्नु भयो भने र तपाईँ लक्की हुनुभयो भने तपाईंको लक्की नम्बर पर्यो भने उपहारमा samsung galaxy A32, samsung galaxy A06 र smart watch प्राप्त गर्न सक्नुहुन्छ। र यसरी प्रवासमा रमाइलो गर्दै मनाउनका लागि उपस्थिति भइदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसको साथसाथै जितीया पर्व पनि सोही दिन मनाउन गइरहेको सम्पूर्ण दिदीबहिनी तथा महिला समाज शुभेच्छुक, शुभचिन्तक महानुभावहरूलाई जानकारी गराउँदछु’ भन्दै आग्रह गर्नुभयो।

नेपाली महिला समाज कुर्दिस्तानले हरेक वर्ष विभिन्न सामाजिक कार्यहरू समेत गर्दै आएको महिला समाज संरक्षक तामाङले बताउनुभयो। उहाँले भन्नुभयो, ‘तीज विशेष कार्यक्रम पनि महिला समाजले हरेक वर्ष गर्ने नियमित कार्यक्रम हो।’

नेपाली हिन्दु समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध पर्व हो। जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली हिन्दु महिलाहरूको इतिहासलाई बोकेको छ जुन विभिन्न रूपले यो पर्वमार्फत प्रकट हुन्छ।





