इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Wednesday, October 14, 2026
सोलुखुम्बुस्थित दूधकोशी नदीमा शुक्रबार दिउँसो भीषण बाढी आएको छ
दूधकोशीमा भीषण बाढी, थामे गाउँमा ठूलो क्षति, हिमपोखरी फुटेको आशंका
थाङमिचागु डटकम संवाददाता

काठमाडौं- सोलुखुम्बुस्थित दूधकोशी नदीमा शुक्रबार दिउँसो भीषण बाढी आएको छ ।
दूधकोशीको बाढी खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ थामेनजिकै पुगेको छ।
यो बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ स्थित थामे गाउँमा ठूलो क्षति पुगेको छ।
खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले खुम्बुकै थामे क्षेत्रमा हिमपोखरी फुटेको आशंका गरेका छन् ।
उनका अनुसार क्षतिको थप विवरण आउन बाँकी । शेर्पाले दूधकोशीको तटीय क्षेत्रमा बस्ने नागरिकहरूलाई सतर्कता अपनाउन अपील गरेका छन् ।
‘दूधकोशीमा ठूलो बाढी आइरहेकोले दुवै किनार क्षेत्रमा रहनुहुने सबैलाई सचेत रहन आग्रह गर्दछु’, उनले भने ।





