नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
मलेसिया सरकारले ल्याएको अवैधानिक कामदार स्वदेशफिर्ती कार्यक्रम आजबाट सुरु ।।।
मलेसिया सरकारले ल्यायो अवैधानिक कामदार स्वदेशफिर्ती कार्यक्रम आजबाट सुरु ।।।

थाङ्मिचागु डट कम संवाददाता
१७ फाल्गुन २०८०, बिहीबार १९:२०
क्वालालम्पुर (मलेसिया):= “मलेसिया सरकारले गैरकानुनी हैसियतमा कार्यरत आप्रवासी कामदारहरुलाई स्वदेश फिर्ती कार्यक्रम सुरु गर्ने भएको छ । घरफिर्ती कार्यक्रम यहीँ मार्च १ तारिख देखि डिसेम्बर अन्तिम सम्म १० महिना सम्म खुल्ला गरेको अध्यागमन बिभागले जनाएको छ ।

स्वदेश फर्किनलाई सम्बन्धित देशको दूतावासबाट जारी भएको म्याद नसकिएको यात्रा अनुमतिपत्र वा म्याद नसकिएको पासपोर्ट , हवाई टिकट र अबैधानिक भए बापत को तिर्नुपर्ने जरिवाना रकम सहित कामदार स्वयमले नजिकैको अध्यागमन कार्यालयमा उपस्थित भएर प्रक्रिया पूरा गरि सजिलै स्वदेश फर्किन पाउने ब्यबस्था मिलाएको छ ।

स्वदेश फर्कन चाहेको ब्याक्तीले अध्यागमन मा गएको मिति देखि १४ दिन भित्रको हवाइ टिकट,अवैधानिक बसे बापत्तको जरिवाना रकम तिर्नलाई अनिवार्य ईन्टरनेट बैंङ्किङ को प्रयोग गर्नुपर्ने आफू स्वयं सम्पुर्ण कागजात साथमा लिएर अध्यागमन जान सकिने बिभागले जनाएको छ ।
घरफिर्ती हुनलाई अवैधानिक कामदारले मलेसियन रिङ्गेट ३०० देखि ५०० रिङ्गेट सम्म जरिवाना तिर्नुपर्ने बिभागले जनाएको छ । घरफिर्ती कार्यक्रम सुचारु भएसंगै अवैधानिक हैसियतमा मलेसियामा रहेका धेरै नेपाली कामदार लाभान्वित हुने भएका छ्न ।
मलेसिया स्थित नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाले पनि धेरै भन्दा धेरै नेपाली लाभान्वित हुन भन्ने उदेश्यले विभिन्न तरिकाले सामाजिक संजाल मार्फत फिर्ता प्रक्रिया बारेमा सबैलाइ सु- सुचित गराइरहेको छ । पूरा भिडियो तल हेर्नु ।
मार्च १ तारिखदेखि मलेसियाबाट अवैधानिक कामदार आरएम ५०० तिरेर स्वदेश फर्कन पाउने।





