मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
प्रियसी म्युजिक प्राइभेट लिमिटेडको आयोजनामा तेस्रो सिल्भर ईन्टरनेशनल म्युजिक अवार्ड तथा सांगितिक साँझ मलेशियामाको क्वालालम्पुरमा हुदै ।।।
प्रियसी म्युजिक प्राइभेट लिमिटेडको आयोजनामा तेस्रो सिल्भर ईन्टरनेशनल म्युजिक अवार्ड तथा सांगितिक साँझ मलेशियामाको क्वालालम्पुरमा हुदै ।।।

२० माघ २०८०, शनिबार ००:३०
थाङ्मीचागु डटकम सम्बाददाता
[ सन्तोष ठान्टी थाङ्मी ]
क्वालालम्पुर (मलेसिया):= प्रियसी म्युजिक प्राइभेट लिमिटेडको आयोजनामा तेस्रो सिल्भर ईन्टरनेशनल म्युजिक अवार्ड तथा सांगितिक साँझ – २०२४ आयोजना हुने तय भएको छ ।

नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने मुख्य उदेश्यका साथ उक्त ईन्टरनेशनल अवार्ड तथा सांगीतिक कार्यक्रम थाईल्यान्ड र सिंगापुर हुँदै निर्णायक कार्यक्रम मलेसियामा यहीँ फेब्रुअरी ४ तारिख हुने तय भएको आयोजक कम्पनीको तर्फबाट राजेन्द्र श्रेष्ठले बताउनु भयो ।

कार्यक्रम मलेसियाको राजधानी क्वालालम्पुर कोतरायामा अवस्थित रमदान ईनकोर होटलको सभाहलमा आयोजना गरिने आयोजक क्ष्रेष्ठले बताउनुभयो ।

अवार्ड वितरण कार्यक्रममा मलेसियामा रहनु भएका बिशिस्ट ब्यक्तित्व हरू र नेपाली श्रमिक दर्शक स्रोता , संघसंस्थाका प्रतिनिधि हरुको उपस्थिति रहनुको साथै नेपालबाट अवार्ड लिन आउनुभएको कलाकारहरुको समेत सहभागीता रहने र सांगीतिक प्रस्तुति पस्किने क्ष्रेष्ठले बताए ।




