मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
रवि पाण्डे ज्ञापन पत्र बुझाउँदै निकायमा ।।।
रवि पाण्डे ज्ञापन पत्र बुझाउँदै निकायमा ।।।
थाङ्मीचाँगु डट कम सम्बादाता
बिनोद मण्डल २०८०माघ २० १:३०।
लुम्बिनी प्रदेशको पछिम नवलपरासीमा गौरवको रूपमा रहेको धार्मिक,सास्कृतिक तथा पर्यटकिय स्थलको रुपमा रहेको रामग्राम स्तूपप्रति बदनियत तवरले माओबादी प्रचण्डले लिजमा लगाउने खवर प्राप्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी नवलपरासीका तर्फबाट चर्चित युवा ,बौद्धिक व्यक्तित्व तथा भ्रष्टाचारको विरुद्धमा खुलेर विरोध गर्ने साहासिक ब्यक्तित्व रवि पाण्डे ज्ञापन पत्र बुझाउनका लागि निकायहरुमा धाईरहनु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गौतम बुद्धको अस्थिधातु रहेको रामग्राम स्तुपा क्षेत्र ९९ वर्षका लागि लिजमा दिने निर्णय संकास्पद र बदनियत पूर्ण महशुस गर्दै यस निर्णयलाई बदर गर्न रास्ट्रिय स्वतन्त्र पार्टी नवलपरासीले माग गर्दै जिल्ला प्रशासन कार्यालय नवलपरासी र रामग्राम नगरपालिकालाई ज्ञापन पत्र बुझाएको जनाएको छ ।
र लुम्बिनी बिकास कोषका उपाध्यक्ष लार्केल लामालाई भेटेर ज्ञापन पत्र बुझाउने तयारीमा छ ।
लुम्बिनी विकास कोष मार्फत स्तुप क्षेत्रको विकास, संरक्षण र उत्खनन् समेतको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल निकटका ठेकेदार शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारीको निजी निर्माण कम्पनी ” द प्रमिस्ड ल्यान्ड “लाई दिन खोजिएपछि स्थानीय र अन्य दल सहित स्वतन्त्र पार्टी नवलपरासी चर्को बिरोधमा उत्रेको हो ।
रामग्राम परियोजनामा स्थानीयवासीको करिब ११६ बिघा जग्गा अधिग्रहण गरी संरचना निर्माण गर्न प्रमिस्ड ल्यान्डलाई दिने सहमति छ ।
कोषका अनुसार हाल रामग्राम स्तूप वरिपरि पुरातत्व विभागको १० कठ्ठा र कोषको तीन बिघा १५ कठ्ठा जमिन संरक्षित छ ।
बाँकी जग्गा अधिग्रहण गर्न मात्र करिब एक अर्ब ५० करोड र अन्य संरचना निर्माणका लागि साढे पाँच अर्ब रूपैयाँ लाग्ने अनुमान छ ।
जग्गा अधिग्रहण गरेपछि चार कुनामा चार स्तूप र विभिन्न देशका १६ वटा विहार तथा ध्यान केन्द्र बनाउने योजना छ ।
अहिले रहेको स्तूप परिसरमा हारियाली बनाउने र तीर्थयात्रीले पूजा गरेर दीप प्रज्ज्वलन गर्ने व्यवस्था गरिने भनिएको छ ।
प्रमिस्ड ल्यान्डले गत पुस २६ गते प्रधानमन्त्री प्रचण्डको जन्मदिन पारेर प्रधानमन्त्री प्रचण्ड, पर्यटन मन्त्री सुदन किराती तथा कोषका पदाधिकारीलाई समेत प्रभावित गर्न ५० लाख रुपैया बढी खर्च गरेर ‘रामग्राम दूरदर्शी परियोजना’ शुभारम्भ गरेको थियो ।
विवादास्पद छविका लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा जो माओवादी पार्टीका केन्द्रिय सदस्य पनि हुन उनको अग्रसरतामा विना कुनै प्रतिष्पर्धा स्तुप क्षेत्र ९९ वर्षका लागि लिजमा दिई प्रधानमन्त्री निकटका ठेकेदारका छोरालाई निर्माणको काम दिने विषयले स्थानीय राजनीतिक दल र रामग्रामसंग सरोकार राखेहरु सशंकित भएका छन् ।






