मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
दोलखा प्रहरीद्धारा सुन तस्करीका पाँच जना अभियुक्त सार्वजनिक गरेको छ ।।।
दोलखा प्रहरीद्धारा सुन तस्करीका पाँच जना अभियुक्त सार्वजनिक
दोलखा प्रहरीद्धारा सुन तस्करीका पाँच जना अभियुक्त सार्वजनिक
चरिकोट । दोलखामा अवैध सुन भित्र्याएको अभियोगमा पक्राउ परेका पाँच जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलनको आयोजना गरी सुन तस्करीका अभियुक्तहरु सार्वजनिक गरेको हो ।
प्रहरीले बुधवार राती पक्राउ परेका विगु गाउँपालिका–१ का २८ बर्षिय केशर तामाङ, १८ बर्षिय पेम्बा तामाङ, २० बर्षिय माधव मगर र बिहिवारपक्राउ परेका विगु गाउँपालिका–१, का ५५ वर्षिय नुर्वुछिरिङ शेर्पा र ३० वर्षिय सुनमाला तामाङलाई सार्वजनिक गरेको हो ।
तीन जना गएराती नै पक्राउ परेकोमा उनीहरुको वयानको आधारमा प्रहरीले थप दुई जनालाई आज पक्राउ गरेको हो । उनीहरुलाई सदरमुकाम चरिकोट, भीमेश्वर नगरपालिका वडा नम्बर ६ स्थित एक होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । नुर्वुछिरिङ र सुनमाला श्रीमान श्रीमती हुन् । ती दम्पतीले सुन लिन पठाएको अन्य अभियुक्तको वयान छ । सुन लिन काठमाडौंबाट चरिकोट आएक होटलमा बसेको अबस्थामा उनीहरु पक्राउ परेका हुन् ।
विगु गाउँपालिका वडा नम्बर ३ जामुने स्थित एक घरमा डेरा लिई बस्ने सोही गाउँपालिका वडा नम्बर–१, निवासी केशर तामाङले अवैध रुपमा सुन तस्कर गरी ल्याई लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा प्रहरीले गएराती अप्रेसन चलाएको थियो । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख, प्रहरी नायव उपरीक्षक दिपक खड्का र ईलाका प्रहरी कार्यालय सिंगटीका प्रमुख, प्रहरी निरीक्षक बिक्रम लामाको नेतृत्वमा १५ जनाको प्रहरी टोलीले अप्रेसन चलाएको हो ।
अप्रेसनका क्रममा केशरको कोठाबाट प्रहरीले सुनजस्तो देखिने चार किलोग्राम रहेको पहेलो धातु ४ थान बरामद गरेको थियो । उक्त सुनको मुल्य बिहिवारको बजार मुल्य अनुसार ३ करोड ७७ लाख ४७ हजार ८०५ रहेको छ । उक्त धातु सुन हो या होईन भन्ने एकिन गर्न काठमाडौं पठाईएको छ ।
उनीहरुलाई बिहिबारै दोलखा जिल्ला अदालतबाट ८ दिनको म्याद थपगरी अनुसन्धन अघि बढाई बढाईएको प्रहरी नायव उपरिक्षक दिपक खड्काले बताए । उनीहरु उपर भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्धा चलाईएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रमुख खड्काले सुन तस्करीमा संलग्न अन्य शंकास्पद व्यक्तिहरुमाथि पनि अनुसन्धान जारी रहने बताए । उनका अनुसार चीनसँग सिमाना जोडिएको लामाबगरको फलाक नाकामा प्रहरीले निगरानी बढाएको छ ।
आईतबारबाट चीनको रोङजिया र कोल्दुम नाका चीनले एक साताका लागि खोलिदिएको छ । रोङजिया नाकाबाट चीनको फलाक पुगिने भएकाले यहि नाकाबाट अवैध सुन नेपालतर्फ भित्रिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।





