इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Thursday, October 15, 2026
विदेशबाट अर्बौं रुपैयाँ रेमिट्यान्ससँगै १४ सय ७९ जनाको मृत शव भित्रीयो नेपालमा।
विदेशबाट अर्बौं रुपैयाँ रेमिट्यान्ससँगै १४ सय ७९ जनाको मृत शव भित्रीयो नेपालमा।
काठमाडौं := गत आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगारीबाट ९ खर्ब ८६ अर्ब रेमिट्यान्स भित्रिँदा १ हजार ४७९ नेपालीले विदेशी भूमिमा काम गर्दा गर्दै ज्यान गुमाएका छन् ।
वैदेशिक रोजगार बोर्डले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार वैदेशिक राजगारीको सिलसिलामा ४७ महिलासहित १ हजार ४७९ नेपाली श्रमिकको मृत्यु भएको हो ।
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले अघिल्ला आर्थिक वर्षहरुको तुलनामा गत आर्थिक वर्षमा मृत्यु हुने नेपालीको संख्या बढेको बताए ।
सरकारले श्रमस्वीकृति लिएर रोजगारीका क्रममा मृत्यु हुने श्रमिकका हकवालालाई ७ लाख रुपैयाँका दरले आर्थिक सहयता दिने गरेको छ ।






