लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
2026-11-21बंगलादेशमा आन्दोलन चर्कियो हिंसा र आगजनीका घटनाले जनजीवन प्रभावित
2026-11-20
फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा सत्तारुढ दलका स्थानीय नेताविरुद्ध उजुरीसंग्रह
फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा सत्तारुढ दलका स्थानीय नेताविरुद्ध उजुरी
संग्रह
काठमाडौँ — फोहोर बोकेको गाडी पार्किङ गरेर राखिएको स्थानमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सत्तारुढ दलका स्थानी नेताहरुविरुद्ध जाहेरी दर्ता भएको छ ।
नेपाली कांग्रेस धुनीबेंसी नगरपालिका- १ का वडा सभापति पूर्ण सिंह तामाङ, माओवादी केन्द्र वडा कमिटी अध्यक्ष विष्णु तामाङ र नेकपा एसका वडा कमिटी अध्यक्ष भिषण धितालगायतविरुद्ध उजुरी परेको हो ।
उनीहरूविरुद्ध तोडफोड गरेको, तोडफोड गराउन अरुलाई उक्साएको भन्दै सम्बन्धित गाडी धनीहरूले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक(एसपी) रमेश पण्डितले इकान्तिपुरलाई जानकारी दिए ।
गत सोमबार राति बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरू सोमबार राति तोडफोड भएको थियो । धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपर सोमबार राति तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको थियो ।
उजुरी परेका स्थानीय नेताहरूले नै आइतबार बन्चरेडाँडामा फोहोर फाल्न नदिने भन्दै विज्ञप्ति जारी गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरुले सोमबार बिहानैदेखि धुनिबेंसी–१ ढाडेमा फोहोर बोकेका गाडीलाई रोकेका थिए । एसपी पण्डितले प्रहरी परिचालन गरी अवरोध हटाएर फोहोर विसर्जन सुरु गरिएको बताए ।






