भोटेकोशी बाढीमा ज्यान गुमाएका ८५ शव गोकर्णेश्वर जंगलमा व्यवस्थापन
2026-09-02दक्षिण कोरियाबाट उद्धार टोली रसुवाको धुञ्चेमा
2026-09-01
Wednesday, September 2, 2026
कांग्रेसले विरोध जनाउँदै कोण सभा ।।।
कांग्रेसले विरोध जनाउँदै कोण सभा ।।।

विनोद मण्डल साउन ३० । नेपाली राजनीतिक क्षितिजमा भइरहने खिचातानीले गर्दा देशभरी विरोधका कार्यक्रम भइरहेको छ ।
राष्टपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे लिएको निर्णयको विरोधमा नेपाली कांग्रेस लगायत विभिन्न राजनीतिक दलहरूले देशभरी विरोध गरिरहेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिरहाले धनगढीमाईको जिरोमाइल स्थित पूर्व पश्चिम राजमार्गमा एक घण्टे चक्का जाम गरेको छ ।
नेपाली कांग्रेस पार्टीले गरेको सांकेतिक विरोधमा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेकाे थियो ।
सडकमा विरोध कार्यक्रम अर्थात् कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवले नागरिकता विधेयक माथि पुनर्विचार नगरिए आफूहरु आन्दोलित हुने बताउनुभएको ।






