थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Monday, June 15, 2026
वर्षाको कारण घर भत्कियो सहाराको खाँचो ।।।

वर्षाको कारण घर भत्कियो सहाराको खाँचो ।।।
विनोद मण्डल साउन १६ कोरोना पोजेटिभ भएको अवस्थामा बेडबाट । हिजोको अविरल वर्षाका कारण देशका विभिन्न भागमा क्षती भएको अनुमान गरिएको छ ।
अतिवृष्टि र अनावृष्टिको कारण आम मानिसको जीवन कष्टमय भएको अवस्था रहेको पाइन्छ । देशमा द्वन्दमा रहेको अवस्था रहेको पाइन्छ जता ततै विवादहरू सिर्जना भइरहेको अवस्थामा प्रकृतिले पनि आफ्नो चाल देखाइरहेका छन् ।
गत राति वर्षाका कारण नवलपरासीको पाल्हिनन्दन १ महेशपुर स्थित एक घर भत्किदा एक जना सामान्य घाइते भएका छन् । वर्षाका कारण घरमा सुतिरहेका चाने हरिजन घर भत्किदा घरमा चेपिएर सामान्य घाईते भएका हुन् ।
कच्ची घर भएकोले उनलाई स्थानियले तत्काल उपचार गरेका थिए ।
भएको घर वर्षाले भत्किए पछि हरिजन परिवार यतिबेला विच्चलीमा परेका छन् ।




