थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
भारतसँग हारेपछि प्रशिक्षक केसीले भने– खेलाडीलाई दोष नलगाउनुस्, गल्ती मेरो हो

१६ साउन, काठमाडौं । यू–२० राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक मेघराज केसीले नेपाली टोलीमा अनुभवको कमीले भारतविरुद्ध फराकिलो अन्तरको हार व्यहोरेको बताएका छन् । यसमा आफ्नो गल्ती रहेको भन्दै केसीले खेलाडी र एन्फालाई दोष नदिन आग्रहसमेत गरेका छन् ।
भारतमा भइरहेको साफ यू–२० च्याम्पियनसिपमा आइतबार भारतसँग ८–० ले पराजित भएपछि केसीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका हुन् । ‘टिमलाई समर्थन गर्नु भएकोमा सबैलाई धन्यवाद । खेलाडीहरुमा अनुभवको कमी छ तर ट्यालेन्ट पनि त्यत्तिकै छ,’ केसीले लेखेका छन्, ‘सबैलाई खुशी दिन नसकेकोमा दुःखी छौं । खेलाडी र एन्फालाई दोष नलगाउनुस्, यो मेरो गल्ती हो ।’ उनले आफूहरुलाई ‘रिकभर’ हुन दुई दिन लाग्ने उल्लेख गरेका छन् । उनले आफू टिममै रहेर आफ्नो फाइदाको लागि फुटबल डुबाउन नसक्ने पनि जनाएका छन् ।
सुरुको दुई खेलमा माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपाल भारतसँग पराजित भएपछि फाइनल पुग्ने सम्भावना पनि कठिन बनेको छ । नेपालले फाइनल पुग्न अन्तिम खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत माल्दिभ्ससँग हार्नुपर्नेछ वा बराबरीमा रोकिनुपर्नेछ ।




