थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
समाज परिवर्तनका सम्बाहकका रूपमा आउँदै युवा समाज ।।।

समाज परिवर्तनका सम्बाहकका रूपमा आउँदै युवा समाज ।।। साउन 15 कोरोना पोजेटिभ भएको अवस्थामा बेडबाट । समाजमा अशल परिवर्तनको खाँचो खड्किएको अवस्थामा यूवाहरु सकारात्मक विचार लिएर अगाडि देखा पर्न थालेका छन् ।
देशमा चरम महँगी ,भ्रष्टाचार अनि हैकमवाद चाप्लुसी बाद र नाताबाद कृपाबादको कारण समाज अशान्तितिर गइरहेको विदित नै छ ।
समाजमा अशल काम गर्दा मुखमा राम राम भन्दै पछाडीबाट खुट्टा तान्ने प्रवृत्तिका कारण आज केयौ सत्य कुराहरू समाजमा ओझेलमा परिरहेका छन् । पार्टी संगठनको नाममा गलतलाई प्रोत्साहन गराउने हाम्रो समाज कता गइरहेको छ ? तपाईं हामी छातीमा हात राखेर सोचौं । तपाईं बदलिँदो परिवेशमा वास्तविकता किन बुझ्ने कोसिस गर्नुहुन्न ?
नवलपरासी जिल्लाको एक गाउँ जहाबाट जिल्लाका हरेक किसिमका समस्या समाधानका लागि उठेका युवा अभियन्ता हुन् धर्मेन्द्र गिरी । जिल्लामा किशानका समस्या देखि नागरिकताको समस्यालाई उठाएर आम जनताको पक्षमा ओकालत गर्ने युवा नेतृत्वका रूपमा चिनिन्छन् गिरी ।
समाजमा उनले गरेको अशल काम देख्न नसकेर उनलाई बाटो छेक्ने जमात पनि उत्तिकै छन् । उनले उठाएका मुद्धाहरु राजनीतिक मुद्दा भन्दा पृथक रहेको देखिन्छ । आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेका गिरीले समाज परिवर्तनको मुख्य जिम्मेवारी पाएको कारण उनलाई खसाल्नको लागि बेला बेलामा हाना थाप हुने गरेको अवस्था समेत देखिन्छ तर अनवरत रूपले अगाडि बढिरहने युवा गिरीको साहासले गर्दा आज जिल्ला बासी खुसी देखिन्छ ।




