कनकाई पुल निर्माणमा ढिलाइ पप्पु महादेव खिम्ती जेभीलाई १ अर्ब ९९ करोड जरिवाना
2026-09-13बिगु गाउँपालिका ८ कापाराङमा ठूलो पहिरो खोला थुनिएपछि तल्लो क्षेत्रमा जोखिम
2026-09-13
रसुवागढीमा नेपालपट्टि सडकमा पानी पर्दा पहिरो र घाम लाग्दा धूलोले सताउँछ, ठूलो हावा चल्दा ढुंगा खस्छ, सवारी जाँच्ने एक्सरे, मेटल डिटेक्टरलगायत मेसिन नहुँदा पनि समस्या छ

तातोपानीमा सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने मोटरेबल पुलको वल्लो छेउ क्षतिग्रस्त छ, नाकाको मितेरी पुल, सुरक्षा पोस्टसहित अध्यागमन कार्यालय भवनबाहेक संरचना जीर्ण छन्
रसुवा र सिन्धुपाल्चोक — रसुवागढी नाकामा पुगेपछि दुई फरक दृश्य देखिन्छन् । चिनियाँ भूभागमा आधुनिक भवन, दुई लेनको चिल्लो कालोपत्रे सडक, अध्यागमन र भन्सारका आधुनिक उपकरण जडित भवन छन् । नेपाली भूभागको संरचना त्यसको ठीकविपरीत छ । नेपालपट्टि सडकमा पानी पर्दा पहिरो र घाम लाग्दा धूलोले सताउँछ । ठूलो हावा चल्दा माथिबाट ढुंगा खस्छ । सवारी जाँच्ने एक्सरे, मेटल डिटेक्टरलगायत आधुनिक मेसिन नहुँदा जाँचमा समस्या छ । अस्थायी टहरामा बसेर सुरक्षाकर्मीले हातैले जाँच गरिरहेका छन् ।
०७२ वैशाख १२ को भूकम्पले नाकाको दुवैतर्फको भूभागमा ठूलो क्षति पुर्याएको थियो । चीनले नाकामा भौतिक पूर्वाधारको विकास गरिसकेको छ । पछिल्लो समय रसुवागढी नाकालाई चीनको संघीय सरकारले दक्षिण एसिया प्रवेश गर्ने मूलद्वार मानेको छ । चीन सरकारले तिब्बतको सिगात्से हुँदै केरुङसम्म रेल ल्याउने योजना अघि बढाइरहेको छ । चीनको हिमाली उपत्यका केरुङमा रेल ल्याउने उसको दाबी छ । केरुङसम्म रेल आउने भएपछि अहिले त्यहाँ तीव्र रूपमा भौतिक पूर्वाधार निर्माण गरिरहेको छ । केरुङमा सरकारी कार्यालय थपिँदै गएका छन् । सामान गोदाम गर्न ठुल्ठूला बन्दरगाह निर्माण भइरहेका छन् । केरुङमा निकै अग्ला आधुनिक घर निर्माण भएका छन् । सुविधासम्पन्न होटल थपिएका छन् । रसुवागढी नाकाबाट केरुङसम्मको दूरी २४ किलोमिटर छ ।
भूकम्प गएको सात वर्ष बितिसक्दा पनि पनि नेपालतर्फको सीमामा भने भौतिक पूर्वाधारले पूर्णता पाउन सकेको छैन । नेपालतर्फ सीमामा एकीकृत भवन निर्माणाधीन अवस्थामा छ । उक्त भवन सम्पन्न हुन अझै समय लाग्छ । स्याफ्रुबेंसी–रसुवागढी सडकखण्ड पनि चीन सरकारले नै स्तरोन्नति गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन् । टिमुरेमा बन्ने सुख्खा बन्दरगाह चीनकै सहयोगमा निर्माण कार्य अगाडि बढेको छ । बन्दरगाह कहिले सम्पन्न हुने अझै टुंगो छैन । भूकम्पपछि चीनतर्फका संरचना निर्माण भइसके पनि नेपालतर्फ सरकारबाट कुनै पहल नभएको व्यापारीहरू बताउँछन् ।
नाकादेखि राजधानी पुग्ने सडकको ठाउँठाउँमा गएको पहिरोले यातायातको समस्या पनि उतिकै छ । भन्सार र्याड नहुँदा सामान चोरी हुने र खुला ठाउँमा भएकाले पानी पर्दा सामान भिज्ने समस्या रहेको व्यापारी धर्म पौडेलले बताए । ‘पूर्वाधार राम्रो हुने हो भने रसुवागढी नाकाबाट अहिलेको भन्दा दुई गुना बढी सामान ल्याउन सकिन्छ,’ उनले भने । अन्तर्राष्ट्रिय मान्यताअनुसार सीमामा अध्यागमन, भन्सार, क्वारेन्टाइन, बैंकलगायत कार्यालय एकै थलोमा हुनुपर्छ । तर, सीमामा ती कार्यालय छरिएर रहेकाले व्यापारीलाई जाँचपासमा समेत कठिनाइ छ । अध्यागमन र भन्सार कार्यालय डेढ किमि टाढा (राजधानीतर्फ) टिमुरेमा छन् ।
चीनसँग व्यापार हुने पुरानो नाका भएकाले गढीमा ०१३ सालमै भन्सार कार्यालय स्थापना भएको थियो । त्यस बेला नाकासम्म यातायात पुगेको थिएन । नाकाबाट नुन, भेडाच्यांग्रा, जिम्बु, ऊन, जिन्स र मखमलको रोल कपडालगायत सामान आयात हुन्थे । व्यापारीले केरुङदेखि नै भरियालाई सामान बोकाएर ल्याउँथे । सडकले नजोडिँदासम्म नाकामा खासै चहलपहल थिएन । चीनले स्याफ्रुबेंसी–रसुवागढी सडक निर्माण गरेपछि यो नाका यातायात सञ्जालले जोडिएको हो । यातायात पुगेपछि नाकामा चहलपहल बढ्दै गयो । ०७१ मंसिर १५ देखि उक्त नाका विधिवत् रूपमा सञ्चालनमा आएको हो ।
भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भए । ०७२ मंसिरदेखि रसुवागढी पुनः सञ्चालनमा आयो । चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको थियो । ०७४ भदौ १४ मा चीन सरकारले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी र सवारीसाधनको चाप बढ्दै गएको थियो । तर, ०७६ माघ १५ देखिनै रसुवागढी नाका भएर चीनबाट हुने आयात तथा निर्यात प्रभावित छ । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात, निर्यात बन्द भएको थियो । पछि कोरोना देखा परेपछि रसुवागढी नाका भएर चीनबाट हुने आयात, निर्यात थप प्रभावित भएको हो । रसुवागढी नाकाबाट व्यवसायीले २९ महिनादेखि सहज रूपमा सामान आयात गर्न सकेका छैनन् भने निर्यात पनि ठप्प छ । अहिले नाकाबाट दैनिक १४ वटा चिनियाँ कन्टेनर मात्र सामान आयात भइरहेको छ ।
उराठलाग्दो तातोपानी
खण्डहरजस्तै लाग्ने दुईदेखि ६ तले क्षतिग्रस्त घरटहरा अनि पहिरैपहिरोबीच ध्वस्त घरले भरिएको बजार, माथिबाट सुक्खा पहिरो, तल्लो भूभाग घामपानीले मक्किँदै पूरै भास्सिइरहेछ । वारिपारि त्यही धरापबीच कन्टेनरको लस्कर रोकिएका छन् । कुनै बेला खासा व्यापारका लागि चर्चित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ स्थित तातोपानीबाट चीन जोड्ने तातोपानी नाकाको भौतिक अवस्था बर्खायता साह्रै नाजुक देखिन्छ । सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरेबल पुलको वल्लो छेउ उस्तै क्षतिग्रस्त छ । कोदारी राजमार्ग (२६ किलोमिटर) को लार्चा, कोदारी बजार क्षेत्रको सडक भास्सिँदा गता वर्ष एक महिना ठप्प रह्यो । नाकाको मितेरी पुल, सुरक्षाकर्मीको पोस्टसहित अध्यागमन कार्यालयको भवनबाहेक सबै संरचना पूरै जीर्ण अवस्थामा चलाइएका छन् ।
भूकम्प र पराकम्पनले ध्वस्त बनाएको तातोपानी नाका ०७३ भोटेकोसी बाढीले झनै यहाँको भौतिक संरचना शून्यमा झारिदियो । त्यसयता बर्खे पहिरोले वर्षैपिच्छै भौतिक संरचनासँगै व्यापारिक रूपमा कहिल्यै उठ्न सकेन । भूकम्पको चार वर्षपछि मालवाहक रूपमा खुलाइएको नाका भोटेकोसी बाढीपहिरोको अवरोधपछि खुले पनि पछिल्लो समय ताल फुट्ने हल्ला र कोभिडले खुम्चाइदिएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङनुर्पु शेर्पा बताउँछन् । ‘त्यसपछि नाका कहिल्यै सन्तुलनमा आएन, कोभिड क्षेत्रबीच तातोपानीलाई सुरक्षित अवस्थामा ल्याउन खुब दौडियौं, नाका सहज हुने वातावरण बनेन, न यहाँको भौतिक संरचना मर्मतसम्भारबारे कुरा उठाइयो,’ शेर्पाले भने ।
२० वर्षअघिदेखि चल्दै आएका एक हजार चार सय मालवाहक कन्टेनर, २८ सय चालक र पाँच हजार मजदुर परिवार बेरोजगार भए । यसअघि तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा करिब ३५ किमिमाथिको ‘क्यानोन कु’ ताल फुट्ने सम्भावना भएकाले तातोपानी नाकाबाट कारोबार नगर्न भन्दै नागरिकलाई सूचना जारी गरेपछि पछिल्लो पटक नाका बन्द थियो । कोभिडकालपछि चीनको खासा र न्यालम क्षेत्रमा थन्किएका डेढ सय कन्टेनरका रेडिमेड र अन्य सामग्री राजधानी पुर्याउने लक्ष्य राखेर ‘आइसोलेट एरिया’ सहित नाका सञ्चालनमा ल्याइएको थियो ।
‘तातोपानी नाका पुनः पहिलेझैं चल्ने आसमा बसिरहेका झोलेपोकेदेखि ठूला व्यापारी, कन्टेनर, होटेल व्यवसायी नाका खण्डहरझैं हुँदा निराश भएका छन्,’ उनले भने । कन्टेनरको संख्या र सामग्री आयात बढ्दै गए पनि नाकाको भौतिक अवस्था कन्टेनर आउजाउका लागि जोखिमपूर्ण देखिएको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए । ‘दैनिक ६ देखि ७ कन्टेनर आउँछन्, घटबढ भइरहन्छ, आयात बढ्दै छ, कन्टेनरबाट यसअघि अधिकांश रोल कपडा र हालै स्याउ भित्रिरहेछन्,’ उनले भने ।