कनकाई पुल निर्माणमा ढिलाइ पप्पु महादेव खिम्ती जेभीलाई १ अर्ब ९९ करोड जरिवाना
2026-09-13बिगु गाउँपालिका ८ कापाराङमा ठूलो पहिरो खोला थुनिएपछि तल्लो क्षेत्रमा जोखिम
2026-09-13
बस्तिपुर माविमा ब्यबस्थापन समिति अध्यक्ष पदका लागि सहमती हुँदै ।।।

बस्तिपुर माविमा ब्यबस्थापन समिति अध्यक्ष पदका लागि सहमती हुँदै ।।। ।
विनोद मण्डल आषाढ २६ । सिराहाको लाहान १४ मा रहेकाे कहलिएको माध्यामिक विद्यालयमा ब्यबस्थापन समिति अध्यक्ष पदका लागि दर्जन बढी उम्मेदवार मैदानका निम्ति तयारी भएका छन् ।
विद्यालयको अध्यक्ष भएपछि आफनो आफन्त मानिसलाई अस्थायी नियुक्ति, राहत कोटा , अनुदान लगायतको कोटामा सजिलै नियुक्ति गर्न मिल्ने विद्यालयमा बिभिन्न शीर्षकमा आईरहने रकम प्रधानाध्यापकको मिलेमतोमा चलाउन पाइने सपना आज भोलि समाजमा सर्वव्यापी भएकोले विद्यालयहरूमा ब्यबस्थापन समिति गठनमा विवाद सिर्जना हुने गरेको सर्वविदित रहेकाे पाइन्छ ।
माध्यमिक बिघालय बस्तिपुरमा बिधालय ब्यबस्थापन समितिका लागि अभिभाबक भेला भएकाे छ र भेलाबाटै समिति चुन्ने प्रयास भएको थियो तर बिधालयमा राजनितिक दलहरु हावी भएपछि उक्त समिति गठन प्रक्रिया बिबादित बनेकाे छ ।
अध्यक्ष पदमा १२ जनाले उम्मेदवारी दर्ता गराएका थिए भने महिला बाट ४ जनाकाे नाम अएकाे थियाे जसमध्ये २ जना महिलाका बीच सहमति भईसकेकाे अभिभाबकहरुकाे भनाई रहेकाे छ ।
अध्यक्ष पदका उम्मेदबार करिव १२ जनालाई एकठाउमा राखेर सहमति गरेर अाउन विद्यालय प्रशासनले सल्लाह दिएपछि उक्त सहमती नभएपछि एक सूचनामार्फत लहान २४ का उमेश यादब र लहान १४ का सञ्जय यादवलाई अध्यक्ष पदका लागि शर्टलिस्ट गरिएको छ ।
विद्यालयमा ब्यबस्थापन समिति गठन प्रक्रिया करिव करिव सहमती नजिक पुगिसकेको स्थानीयलाई उदृद् गर्दै बस्तीपुर बाट शितल शाहले जनाएका छन् ।





