थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
नेपाल राजदूतवास र पिएनसिसिको सहयाेगमा दुई नेपाली स्वदेश फर्किए !!!
नेपाल राजदूतवास र पिएनसिसिको सहयाेगमा दुई नेपाली स्वदेश फर्किए
थाङ्मीचागु डटकम सम्बादाता २०८१ बैशाख २१
नेपाल राजदूतवास मलेसियाको सहयोगमा दूईजना नेपाली श्रमिक स्वदेश फर्किएका छन् । नेपाल फर्किनेमा सुजन तामाङ र ईन्द्र बहादुर कामी रहेका छन् । उनीहरु हिमालयन एयरलाईन्सको उडानबाट मे १ तारिखका दिन फर्किएका हुन् ।
आजभन्दा ६ बर्ष अगाडि मलेसिया आएका ईन्द्र बहादुर रुकुम जिल्लावासी हुन । उनले नेपालबाट आएको कम्पनी डेढबर्ष अगाडि छाडेका थिए । त्यसयता अबैधानिक बसोबासगरि सुरक्षा गार्डको काम गरिरहेका थिए ।
पछिल्लो समय डिप्रेसनको कारण काम गर्न नसक्ने अवस्था भएपछि नेपाल राजदूतवासमा सहयोगको याचना गर्न आईपुगेका थिए । त्यस्तै, धादिङका सुजन तामाङ सन् २०१२ मा मलेसिया आएका थिए ।
नेपालबाट आएको २ बर्षमै कम्पनी छाडेर उनी अबैधानिक भए । अबैधानिक रुपमै काम गरेर करिव १० बिताए । उनी पनि बिरामी भएर नै दूतवासमा सहयोगको याचना गर्न आईपुगेका थिए ।
सहयोगको याचना गर्दै आईपुगेका उनीहरुलाई नेपाल राजदूतवासको आग्रहमा एनआरएनएको सेल्टर हाउसमा बस्ने आश्रय पाएका थिए । सेल्टर हाउसमा बसेका उनीहरुलाई खानपिनको ब्यवस्था लगायत सेल्टर हाउस देखि एयरपोर्ट अनि नेपालमा उनीहरुको आफन्तलाई जिम्मा लगाउने सम्मको प्रबन्ध पिएनसिसिले गरेको हो ।
पिएनसिसि मलेसिया प्रतिनिधि पूर्ण लिम्बूको अनुसार अबैधानिक बसेवापत अध्यागमनलाई बुझाउनु पर्ने शूल्क र हवाई टिकट ईन्द्र बहादुरको हकमा उनी आफैले ब्यहोरेको हो ।
सुजन तामाङको लागि हवाई टिकट प्रथम सचिव प्रेम बुढाको पहलमा नेपाल राजदूतवासले उपलब्ध गराएको हो भने अध्यागमन शूल्क बापत लाग्ने खर्च उनकै साथीभाईहरुले चन्दा संकलन गरेर जुटाएका हुन् । दुवैजनाको ट्राभल्स डकुमेन्ट नेपाल राजदूतवासले निशूल्क जारी गरेको हो ।
विस्तृत जानकारी थाङ्मीचागु डट कमलाई pncc मलेसिया संयोजक :- पूर्ण लिम्बुले बताउनुभएको ह्जो।




